मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भोजपुरमा आफ्नो तर्फबाट गोली नचलेको दाबी गरेको छ ।
विप्लव नेतृत्वको उच्च स्रोतले लोकान्तरलाई आफ्नो तर्फबाट गोली नचलेको र युद्ध चाहने केही युद्धपिपासुहरूले घटना घटाएको पार्टीको हालसम्मको बुझाइ रहेको जनाएको हो ।
बुधवार बिहान भोजपुरमा भएको भिडन्तमा जिल्ला इन्चार्ज नीरकुमार राईसहित प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको प्रहरी दाबी छ । घटनलगत्तै लोकान्तरसँग कुरा गर्दै प्रहरी महानिरीक्षक सचिवालयका एसपी रमेश थापाले २ जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।
‘हाम्रो तर्फबाट गोली चलाउने कुनै नीति छैन,’ विप्लव नेतृत्वको उच्च स्रोतले लोकान्तरसँग भन्यो, ‘अहिले यहाँ युद्ध चाहनेहरूको भयंकर ठूलो योजना चलिरहेको छ, जसरी प्रहरीको ज्यान गएको भन्ने सञ्चारमाध्यममा आएको छ, त्यसको स्वतन्त्र पुष्टि हुनुपर्छ । हाम्रो तर्फबाट गोली चलेको छैन ।’
भोजपुरमा भएको घटनालाई भिडन्त भन्न नमिल्ने विप्लव उच्च स्रोतको दाबी छ । ‘यसलाई भिडन्त भन्दैन । प्रहरीले घेराबन्दी गरेपछि हाम्रा नेता–कार्यकर्ताले आत्मरक्षाका लागि गोली चलाएको हुन सक्ने भएपनि त्यो सम्भावना देखिँदैन । प्रहरीमाथि आक्रमण गरेर आफ्नो जीवन सुरक्षा गर्ने भन्ने सर्कुलेसन हाम्रो पार्टीले कसैलाई पनि दिएको छैन,’ स्रोतले लोकान्तरसँग भन्यो ।
सादा पोशाकमा गएर गोली चलाउनु पनि प्रहरीको कारवाहीको ‘मोडालिटी’भित्र नपर्ने जिकिर विप्लव नेतृत्वको नेकपाको छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...