×

NMB BANK
NIC ASIA

फाजिलका कर्मचारीलाई अन्योलः अझै काम पाइएन, तलब पनि रोकिने हो कि !

प्रदेशमा पठाइँदै वनतर्फ फाजिलमा परेका ४ सय १७ कर्मचारी

असार २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाल वन सेवाअन्तर्गत फरेस्टर (वन रक्षक)को दरबन्दी कटौती भएपछि प्रमोदकुमार गुप्ता र किशोरी यादव जिम्मेवारीविहीन बने । गुप्ता नवलपरासी (सुस्तापश्चिम) र यादव बझाङमा कार्यरत थिए ।

Sagarmatha Cement
Muktinath Bank

चालू आर्थिक वर्षसम्मका लागि तलब आउने त पक्का थियो तर भविष्य के हुने र अब कहाँ खटिने भन्ने अन्योल भएपछि दुवैजना संघीय राजधानी काठमाडौं आइपुगे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार सिंहदरवारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भेटिएका दुवै कहिले मन्त्रालय त कहिले कर्मचारी समायोजन तथा संगठन विकास शाखा ओहोरदोहोर गरिरहेका थिए ।


Advertisment
Nabil box
Kumari

उनीहरूको चासो थियो – अब हाम्रो भविष्य के हुन्छ ? कर्मचारी समायोजन महाशाखा नै विघटन भइसकेको अवस्थामा आफूहरूको समस्या सम्बोधन नै नहुने हो कि भनेर चिन्ता व्यक्त गरिरहेका थिए ।

Vianet communication
Laxmi Bank

मन्त्रालयमा यस्तै सामूहिक र व्यक्तिगत समस्या लिएर आउनेहरू बाक्लै भेटिए । केही आफ्नो क्षेत्रका सांसदलाई समेत लिएर सहसचिव तथा उपसचिवको कार्यकक्षमा धाइरहेका थिए ।

त्यसक्रममा एक उपसचिवले गुप्ता र यादवलाई सम्झाए, ‘तपाईंहरूले भाडा खर्च गरेर यहाँसम्म आउने दुःख किन गर्नुभएको ? यो त सामूहिक समस्या हो नि ! राज्यले चिन्ता गर्छ । तलब पाइरहनुभएकै होला । तपाईंहरूलाई कहाँ खटाउने भन्ने व्यवस्था हुँदैछ । यहाँ कतिले तलब नै नपाउने अवस्था आएको छ, हामी उनीहरूका लागि दिनरात खटिएका छौं ।’ 

त्यहीँ रहेका अर्का एक व्यक्तितर्फ संकेत गर्दै उनले थपे, ‘उहाँ व्यक्तिगत समस्या लिएर आउनुभएको छ । सामूहिक समस्या लिएर त यहाँ आउनै पर्दैन, राज्यले सोच्छ तपाईंहरूको बारेमा ।’

त्यति गर्दा पनि उनीहरूको चित्त बुझेको थिएन । मन्त्रालयमा प्रक्रियामा रहेको एक फाइल हेरेपछि बल्ल चित्त बुझाए । गुप्तालाई प्रदेश ५ र यादवलाई प्रदेश २ मा पठाउने तयारी रहेछ । उनीहरूले मागेको पनि त्यही थियो ।

अब प्रदेश मातहत दरबन्दी सिर्जना हुन र रमानाको चिट्ठी पुग्न बाँकी छ । 

कसरी काटियो दरबन्दी ?

मुलुक संघीय संरचनामा गएपछि जिल्ला वन कार्यालय र इलाका वन कार्यालयहरू खारेज भए । ती कार्यालयलाई प्रतिस्थापन गर्ने गरी प्रदेश सरकार मातहत जिल्लामा डिभिजन वन कार्यालय र त्यसभन्दा तल सब डिभिजन वन कार्यालय स्थापना गरियो ।

इलाका वन कार्यालय छँदा प्रत्येक कार्यालयमा १ जना फरेस्टरको दरबन्दी थियो । सब डिभिजन कार्यालय स्थापना हुँदा फरेस्टरको दरबन्दी राखिएन । डिभिजन वन कार्यालयमा पनि जम्मा २ फरेस्टरको दरबन्दी कायम भयो । सोही कारण ठूलो संख्यामा फरेस्टरहरू फाजिलमा परे । 

डिभिजन वन कार्यालय ७७ जिल्लामध्ये अधिकांश जिल्लामा १–१ वटा छ । कपिलवस्तु, दाङ र कैलालीमा भने २ वटा डिभिजन वन कार्यालय स्थापना गरिएको छ ।

कपिलवस्तुमा डिभिजन वन कार्यालय कपिलवस्तु र डिभिजन वन कार्यालय गौतम बुद्ध, दाङमा डिभिजन वन कार्यालय दाङ र डिभिजन वन कार्यालय देउखुरी तथा कैललीमा डिभिजन वन कार्यालय धनगढी र डिभिजन वन कार्यालय पहलमानपुर स्थापना भएका छन् ।

वनका फाजिललाई दरबन्दी सिर्जना गरेर प्रदेशमा पठाउने तयारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालका अनुसार वन प्रदेश मातहत गएकाले वनसँग सम्बन्धित कर्मचारीलाई प्रदेशमा नै पठाउने तयारी छ ।

‘केही नीतिगत जटिलता छन् । वन मन्त्रालयसँग समेत समन्वय गरेर निर्णयमा पुग्नुपर्ने अवस्था छ,’ सहसचिव बरालले लोकान्तरसँग भने, ‘छिट्टै उहाँहरूको व्यवस्थापन हुन्छ ।’

वन सेवा सहितका वनसम्बन्धी ४ सय १७ कर्मचारी फाजिलमा परेका छन् । उनीहरूलाई प्रदेशमा पठाउने तयारी छ ।

वनसम्बन्धी कुल फाजिल कर्मचारीमध्ये प्रदेश १ मा ८३, प्रदेश २ मा ५२, प्रदेश ३ मा ७६, गण्डकी प्रदेशमा ३४, प्रदेश ५ मा ८०, कर्णाली प्रदेशमा ५५ र सुदूरपश्चिम प्रदेशमा ३७ जना पठाउने तयारी भइरहेको मन्त्रालय स्रोतले जानकारी थियो ।

स्वास्थ्यमा पनि बाँकी, अन्य अधिकांशको व्यवस्थापन

मन्त्रालयमै पनि पहिला विभिन्न किसिमका दरबन्दी थिए । टाइपिस्ट, रिसेप्सनिस्ट लगायतका दरबन्दी खारेज भएपछि धेरै कर्मचारी फाजिलमा परे । 

उनीहरूलाई समायोजनका क्रममा योग्यताअनुसार प्रशासनतर्फ नै व्यवस्थापन गरिएको छ ।

‘टाइपिस्ट, रिसेप्सनिस्ट लगायतलाई उनीहरूको योग्यताअनुसार खरदार तथा नायव सुब्बा लगायतमा व्यवस्थापन गरिएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘अधिकांशको व्यवस्थापन भइसकेको छ ।’ 

स्वास्थ्यका कर्मचारी समायोजनको बाँकी काम भने स्वास्थ्य मन्त्रालय मातहत नै भइरहेको छ ।

समायोजनका क्रममा स्वास्थ्य सेवातर्फ निकै जटिलता आइपरेको थियो । चिकित्सकहरूले आन्दोलन पनि गरे । 

गुनासो पनि स्वास्थ्य सेवातर्फकै धेरै आएका थिए । गुनासो व्यवस्थापनको काम मन्त्रालयले सम्पन्न गरिसकेको छ । 

करीब ७५ प्रतिशत गुनासो सम्बोधन भएको छ ।

हेर्नुहोस्, यो पनि:

सकियो कर्मचारी समायोजनका सबै काम, समायोजन महाशाखा नै विघटन
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x