शक्तिशाली बन्दै एनजीओ र आईएनजीओ, गृह मन्त्रालयको प्रयास असफल !

असार २६, २०७६

काठमाडौं । सरकारले एनजीओ र आईएनजीओलाई गृह मन्त्रालय मातहत ल्याउने तयारी गरे पनि उच्च दबाबका कारण सो प्रयास असफल भएको छ । गृह मन्त्रालयअन्तर्गत ल्याएर एनजीओ र आईएनजीओलाई कस्ने गृहकार्यमा रहेको सरकार अन्ततः पछि हटेको छ । सरकार पछि हटेसँगै एनजीओ र आईएनजीओ थप शक्तिशाली बन्नेछन् ।
एकपछि अर्को गर्दै आफ्नै निर्णयबाट पछि हट्दै गएको सरकार एनजीओे र आईएनजीओेलाई गृह मन्त्रालय मातहत ल्याउने तयारीलाई समेत स्थगित गर्न बाध्य भएको हो ।
स्रोतका अनुसार देशभरका गैरसरकारी संस्था (एनजीओे) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओे) गृह मन्त्रालय मातहत ल्याएर कडाइ गर्ने तयारीमा रहेको सरकार एनजीओ र आईएनजीओको चर्को दबाबका कारण सो निर्णयलाई अगाडि बढाउनबाट पछि हटेको हो । राजधानी दैनिकमा खबर छ ।


ADVERTISEMENT

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस