शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु, चार शिक्षक प्रहरी नियन्त्रणमा

असार २६, २०७६

महेन्द्रनगर । कञ्चनपुरको एक निजी स्कुलका शिक्षकको कुटाइबाट घाइते भएका विद्यार्थीको मृत्यु भएको छ । भीमदत्त नगरपालिका– १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मंगलबार राति मृत्यु भएको हो ।

मृतक विद्यार्थीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा उनको मृत्यु भएको हो । मृतक विद्यार्थीका मामा पुष्पमणि जोशीले शिक्षककै कुटाइबाट भाञ्जाको मृत्यु भएको दावी गरे । उनका अनुसार डडेलधुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगञ्जको शिक्षण अस्पताल हुँदै तीन दिनअघि मात्रै कलौनीलाई भारतीय अस्पतालमा उपचारका लागि लगिएको थियो ।


ADVERTISEMENT

विद्यार्थीको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चार शिक्षकलाई नियन्त्रणमा लिएको छ । कञ्चनपुर प्रहरीका अनुसार प्रिन्सिपल यशोदा जोशी, शिक्षकत्रय दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । विद्यालयबाहिर साथीभाइसँंग झैझगडा गरेको विषयलाई लिएर विद्यालयका प्रध्यानाध्यापक सहितका शिक्षकले कुटपिट गरेको छात्रको परिवारले बताएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस