गण्डकी प्रदेशले बढायो जनप्रतिनिधिको सुविधा

असार २६, २०७६

गण्डकी- गण्डकी प्रदेशअन्तर्गतका जनप्रतिनिधिको पारिश्रमिक बढेको छ । वडा सदस्यदेखी सांसदसम्मको सेवा सुविधा बढाइएको हो । बुधबार दिउँसो बसेको गण्डकी प्रदेशको ११ औं मन्त्रिपरिषदको बैठकले सेवा/सुविधा बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

स्थानीय तहका पदाधीकारी तथा सदस्यहरुको सेवासुविधा ऐन २०७४ को दफा ८ मा एउटा मात्र सुविधा लिने भनिएको छ । त्यसमा उल्लेख गरिएको एउटा मात्र सुविधा लिने शब्दलाई संशोधन गरिएको उनले बताए । यहाँभन्दा अगाडि पेन्सनवालाको दोहोरो सुविधा पाउने थिएनन् । कान्तिपुर दैनिकमा खबर छ ।


ADVERTISEMENT

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस