२४५ किलो गाँजासहित एक पक्राउ

असार २६, २०७६

धादिङ- गजुरी गाउँपालिका वडा नं २ डुँडेठाँटीबाट प्रहरी टोलीले बिहीवार प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
 
अवैधरूपमा आठ बोरामा ओसारपसारका लागि राखिएको अवस्थामा २४५ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । 

प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न बेनिघाटरोराङ गाउँपालिका वडा नं १ का  ४१ वर्षीय वीरबहादुर लामालाई पक्राउ गरिएको छ ।


ADVERTISEMENT

आरोपितलाई प्रतिबन्धित लागुऔषध ओसारपसारअन्तर्गत मुद्दा लगाइने प्रहरीे जनाएको छ । पक्राउ गरिएका लामालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा लिएर अनुसन्धान थालेको छ । 

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस