ग्रीसमा ६ पर्यटकको मृत्यु

सन्दर्भ तस्वीर
असार २६, २०७६

ग्रीस- ग्रीसको उत्तरी भेगमा बुधवार साँझपख आएको आँधी तूफानमा परेर छ जना पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थेसालोनिकी नगरको हाल्कीडीकी क्षेत्रमा आएको आँधीमा परेर अरू दर्जनौं व्यक्ति घाइते भएका थिए ।


ADVERTISEMENT

टेलिभिजन फुटेजमा आँधीका कारण कारहरू पल्टिएका, रुखहरू ढलेका र घरका छाना उडाएको देखिएको छ । प्रत्यक्षदर्शीले आँधी करीब २० मिनेटमात्र आएको बताएका छन् ।

मृत्यु हुनेहरूमा चे, रोमानिया र रुसी नागरिक रहेका छन् । उनीहरूलाई ढलेका रुख र घरका छानाले थिचेको बताइएको छ ।

स्थानीय प्रशासनले उक्त घटनामा खोज तथा उद्धारको कार्यलाई तीव्र बनाएको छ । ग्रीसमा विगत दुई सातादेखि तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको छ । 

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस