×

NMB BANK
NIC ASIA

सरकारी मिडिया राससमा यत्रो बदमासी : २ वर्षपछि उस्तै फोटो कसरी दोहोरियो ?

असार २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – राष्ट्रिय समाचार समिति (रासस) सरकारी मिडिया हो । रासस समाचार बिक्री र सरकारी अनुदानबाट सञ्चालन हुन्छ ।

Muktinath Bank

राजनीतिक प्रभावका कारण समाचारमा सत्ता पक्षधरता देखिने गरेका आरोप लाग्दै आएपनि बिहीवार एउटा गम्भीर बदमासी देखापर्‍यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राससको नियमित ग्राहक रहेका संस्थामा कार्यरत पत्रकार झस्किए । राससमा बिहीवार राखिएको १३ नम्बर फोटो क्याप्सनमा लेखिएको छ – वर्षाले ग्रामीण सडकको विजोग, वर्षाका कारण डोटीको मौवा–मेल्लेक सडक हिलाम्मे भएपछि सडकमा फसेको यात्रुवाहक जीपलाई डोरीमार्फत तान्दै यात्रु । तस्बिर : विमलबहादुर विष्ट ।


Advertisment
Nabil box
Kumari

डोटी रिपोर्टरको नामबाट प्रकाशित फोटो

Vianet communication
Laxmi Bank

वर्षात्मा हिलो हुनु र त्यसको फोटो र समाचार मिडियामा आउनु सामान्यजस्तै हो तर राससमा राखिएको फोटो असामान्य थियो । राससको नियमित ग्राहक रहेको लोकान्तर डटकमका पत्रकारले यस्तै फोटो केही वर्षअघि समेत देखेका थिए । फोटो संग्रहमा खोज्दै जाँदा त्यो फोटो भेटियो । 

राससमा पहिल्यै प्रकाशित भइसकेको फोटोको क्याप्सनमा लेखिएको भेटियो – सार्वजनिक जीप हिलोमा, डडेल्धुराको उग्रतारा–मेलौली सडक खण्डको पुईलेक बजार नजिक सार्वजनिक यातायातको जीप हिलोमा फस्दा डोरीले तान्दै यात्रु । डडेल्धुराका ग्रामीण सडकमा वर्षाका कारण सवारीसाधन चल्न सकेका छैनन । तस्बिर : धनबहादुर भण्डारी, डडेल्धुरा, रासस ।

डडेल्धुरा रिपोर्टरको नामबाट प्रकाशित फोटो

एउटै फोटो पहिल्यै डडेल्धुरा रिपोर्टरको नामबाट प्रकाशित भयो भने त्यही फोटो बिहीवार डोटी रिपोर्टरको नामबाट प्रकाशित भयो । राससका ग्राहक रहेका मिडियामा यसबारे खोजीनीति भयो तर राससको डेस्क सम्हाल्नेहरूले यसबारे किन पत्तो पाएनन् ?

डडेल्धुरा रिपोर्टर धनबहादुर भण्डारीको नामबाट प्रकाशित फोटोको ‘प्रोपर्टी’ हेर्दा यो फोटो २०७४ साउन १० गते अर्थात् जुलाई २५, २०१७ मा राससमा प्रकाशित भएको रहेछ । झण्डै २ वर्षपछि उस्तै फोटो राससमा अर्कैको नामबाट दोहोरिएको छ ।

फोटोमा कसले बदमासी गर्‍यो ? राससले खोज्ने नै छ । सरकारी बजेटमा रजाइँ गरिरहेका पदाधिकारीले जनताले जान्नेसुन्ने गरी यस्तो बदमासी हुनुको कारणबारे स्पष्ट समेत पार्नुपर्ने हो ।

राससको तालुकवाला मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्री गोकुल बाँस्कोटाले समय–समयमा पत्रकारलाई अर्ती उपदेश दिन्छन् तर उनकै मातहतको राससमा यस्तो हालत छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x