मालीमा लडाकूहरूको आक्रमण तीव्र, हजारौं मानिस पलायन

असार २६, २०७६

काठमाडौं – मालीका गाउँहरूमा भयंकर आक्रमणहरू बढेपछि हजारौं मानिस घर छोडेर पलायन भएका छन् । देशमा अस्थिरता झनै चर्किएको छ ।

यस वर्षको आरम्भदेखि दुई लाखभन्दा बढी मानिस भागिसकेका छन् । गत वर्ष यही अवधिमा यसभन्दा आधा कम मानिस भागेका थिए । 


ADVERTISEMENT

सन् २०१९ को पहिलो ६ महिनामा ६०० सर्वसाधारण मारिएका थिए । जातीय मिलिसियाहरूले गरेको आक्रमणको पीडा महिला र बालबालिकाले उठाउनुपरेको छ । 

घुमन्ते फुलानी समूहका गोठाला र डोगोन समूहका शिकारीहरूले यी आक्रमण गरेको बताइएको छ यद्यपि ती दुवैले आक्रमणको जिम्मेवारी लिएका छैनन् । 

गत मार्च महिनामा ओगोस्सोगूमा १५७ जना मारिएका थिए भने जुन महिनामा ९५ जना मारिएका थिए । 

सर्वसाधारणले समुदायहरू एकअर्कालाई आक्रमण गरिरहेको बताउँछन् । सैन्य र सशस्त्र समूहहरूले पनि लडाईं गरिरहेका छन् । यसले गर्दा महिला र बालबालिकामा बढी असर परेको छ । 

बान्दियागारा नामक स्थानमा एउटा केन्द्रमा ८०० भन्दा बढी महिला र बालबालिकाले शरण लिएका छन् । त्यो रहेको शहर डूकूम्बोका मेयर बोगो कास्सोगुएले सरकारलाई संकट समाधान गर्न आह्वान गरेका छन् । 

द गार्डियनबाट

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार