चिकित्सकले ब्रेन डेड घोषित गरेका किशोर बाँचे

असार २६, २०७६

काठमाडौं – चिकित्सकहरूले ब्रेन डेड घोषित गरेका एक किशोर बाँचेका छन् । उनका आफन्तहरूले उनको अन्तिम संस्कारको तयारी गरिरहँदा उनी जीवित भएका हुन् । 

गन्धाम किरण नामक ती १८ वर्षीय किशोर गत साता कोमामा पुगेका थिए । उनलाई कडा हेपाटाइटिस लागेको थियो । 


ADVERTISEMENT

तेलंगानाको पिल्लालमार्रीका यी विद्यार्थीको परिवारलाई उनी बाँच्ने सम्भावना नै नरहेको भनी चिकित्सकहरूले बताएका थिए । 

तर उनलाई कात्रोमा बेरिँदै गरिँदा उनकी आमाले उनको आँखामा आँसु देखेपछि हल्लाखल्ला गरेकी थिइन् । 

‘म स्तब्ध भएँ अनि नातेदारहरूलाई खबर गरें । उनीहरूले तत्कालै स्थानीय चिकित्सकलाई बोलाए,’  साइदम्माले बताइन् । 

‘चिकित्सकले छोरोको नाडी चलिरहेको बताए अनि हामीले भेन्टिलेटर नहटाएकोमा प्रशंसा गरे ।’

चिकित्सकहरूले अब किरण बाँच्दैनन् भने पनि परिवारका सदस्यले उनको लाइफ सपोर्ट सिस्टम हटाएका थिएनन् । उनले अन्तिम सास आफ्नै गृहनगरमा लिऊन् भनी उक्त सिस्टम राखिएको थियो । 

किरण अनायास होशमा आएपछि कुराकानी गर्न थाले र अहिले चिकित्सकहरूले उनको उपचार गरिरहेका छन् ।

एजेन्सी
 

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस