इन्धनको ट्यांकर विस्फोट भएपछि बर्सियो आगो (भिडियो)

असार २६, २०७६

काठमाडौं – दक्षिण अफ्रिकाको वेस्टर्न केपमा बुधवार बिहान इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा थुप्रै भवन आगोको चपेटामा परेका छन् । 

वोर्सेस्टर शहरमा इन्धन बोकेको ट्यांकर बिजुलीको पोलमा ठोकिएपछि भयंकर विस्फोट भएको थियो र रातिको आकाश धपक्क बलेको थियो । 


ADVERTISEMENT

विस्फोटपछि ट्यांकर पल्टिएको थियो । भाग्यवश कसैलाई पनि चोटपटक लागेको छैन । तर आगो निभाउन गएका अग्निनियन्त्रकहरू घाइते भएका छन् । 

स्थानीयहरूले विस्फोटको आवाज पाँच किलोमिटर परसम्म सुनेका थिए ।

एजेन्सी 

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार