अचम्मको होटलः न छत छ, न त झ्याल ढोका नै

असार २७, २०७६

एजेन्सी- साधारणतया होटल कस्तो होला ? कसैैलाई पनि होटल कस्तो हुन्छ भनेर भनिरहनु पर्दैन ।  

आकार अनुसार होटलका झ्याल, ढोका, कोठा, कोठाका सुविधाहरुले भरिपुर्ण, कोठालाई घेरिएको, पिल्लर उठाईएको,झ्याल, ढोका भएको र छतले ढाकेको साधारणतया होटलको आकृति हामीले परिकल्पना गर्ने गर्छाैँ ।


ADVERTISEMENT

तर आज हामी यस्तो अनौठो होटलको बारेमा जानकारी दिँदैछौँ, जुन होटलको न छत छ न त कोठाहरु नै छन्, न त झ्याल, ढोकाहरुनै । तकिया राख्ने एक तर्फ मात्र गाह्रो लगाइएको छ । अन्य तीन तिर खुल्ला छ ।

हो स्विट्जरल्याण्डमा रहेको द नुल स्ट्रेन होटलको न त झ्याल छ न ढोका, न छत छ, न त केहिले घेरिएको छ । यो होटल खुल्ला स्थानमा खुल्ला आकाश मुनि रहेको छ ।

यस स्थानमा यदि कसैलाई बस्न मनछ भने त्यसले खुला आकाशमुनि बस्नुपर्ने हुन्छ । यहाँ दिशापिसाब गर्नकोलागि शौचालय पनि छैन । जानकारीका अनुसार स्विट्जरल्याण्डका २ आर्टिस्ट फ्रयांक र रिकलिनले यो होटल बनाएका  थिए । उनीहरु स्विट्जरल्याण्डकै नागरिक हुन् ।

बिस्तारै पर्यटकहरुको मन लोभ्याउन थालेपछि होटल सञ्चालनमा ल्याईएको हो । यस होटलमा बस्न चाहानेहरुले २५० डलर तिर्नुपर्ने हुन्छ । 


   

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस