अफगानिस्तानमा आतङ्ककारीको भीषण आक्रमण

असार २७, २०७६

अफगानिस्तान- अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको एक जिल्लामा तालिवानहरुले भीषण आतङ्कककारी आक्रमण गरेको छ । 

त्यस आक्रमणमा ठूलो क्षतिको आशङ्का गरिएको अधिकारीहरुले जनाएका छन् । पूर्वी अफगानिस्तानमा अवस्थित उक्त प्रान्तको पाचिर आगम जिल्लामा सो आक्रमण भएको बताइएको छ । 


ADVERTISEMENT

उक्त जिल्लामा बस्ने अफगानिस्तानका सरकार समर्थित लडाकूहरुका एकजना कमाण्डर मालिक टुरको घरमा सो आतङ्ककारी आक्रमण भएको अफगानिस्तानका एकजना स्थानीय अधिकारीले जानकारी दिएका छन् । 

सो आक्रमणको पुष्टि भएको भए पनि त्यसबाट भएको क्षतिको बारेमा भने केही बताइएको छैन । शुक्रवार बिहान उनको घरमा नै हमला गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । 

ती अधिकारीले आफ्नो नाम नबताउने शर्तमा सरकार समर्थित लडाकू समूहका एकजना कमाण्डर मालिक टुरको घरमा हमला भएको र त्यसबाट ठूलो क्षतिको अनुमान गरिएको बताए । 

प्रहरीले अनुसन्धान शुरु गरेको र त्यसबाट भएको क्षतिको बारेमा अहिले नै केही थाहा नभएको पनि उनले स्थानीय सञ्चार माध्यमहरुलाई बताएका छन् । 

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस