कालीमाटी पुगेर तरकारीमा विषादी परीक्षण हेर्दै मन्त्री खनालले भने- सचेतना जाग्यो

असार २७, २०७६

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले पछिल्लो समय सतहमा आएको विषादी बहसले सचेतना जगाएको बताएका छन् ।

शुक्रावार बिहानै काठमाडौं कालीमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण एकाईको अनुगमन गर्ने क्रममा मन्त्री खनालले यस्तो बताएका हुन् ।


ADVERTISEMENT

‘विषादीबारे अहिले आ–आफ्नै ढङ्गले बहस भइरहेको छ । बहस हुनु, छलफल हुने राम्रो पक्ष हो,’ उनले भने, ‘यसले सचेतनाको पक्षलाई जोड दिएको छ । सचेतना जगाएको छ ।’

नेपाल सँग नभएको प्रविधि नेपालले ल्याउनु पर्ने भन्ने कुरा समेत सरकारको जिम्मेवार निकायमा पुगेको भन्दै त्यसका लागि सरकारले कदम चाल्ने समेत उनले बताए ।

भन्सार विन्दूस्थित क्वारेन्टाइनमा परीक्षण गर्न सकिने विषादीको दुईवटा समूह कार्बोनेट र अर्गानोफस्फेट मात्रै जाँच भएपनि ती समूहभित्रै अधिकांश विषादी अटाउने मन्त्री खनालको भनाइ छ ।

‘हाम्रो यहाँ १ सय ६९ किसिमका विषादी सूचीकृत भएका छन् । पञ्जीकरण भएका छन्,’ उनले भने, ‘तीमध्ये ३३ प्रतिशत विषादी कार्बोनेट र अर्गानोफस्फेट समूहले ओगट्छ ।’
 
 

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार