×

NMB BANK
NIC ASIA

नेपालमा सम्बन्ध प्राप्त २ कलेज उत्कृष्ट : उपकूलपति जियोफ

असार २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका उपकूलपति प्रा. जियोफ लेयरले नेपालमा सम्बन्धन प्राप्त २ कलेजले उत्कृष्ट शिक्षा दिएको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

विश्वका करीब १२ देशका कलेजलाई सम्बन्धन दिएका विश्वविद्यालयले काठमाडौंको हेराल्ड र  विराटनगरको मेरिल्याण्ड कलेजको शिक्षा उल्भरहेम्टर विश्वविद्यालयमा पढ्ने विद्यार्थीको भन्दा उत्कृष्ठ रहेको दाबी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेराल्ड कलेजको अवलोकन भ्रमणमा आएका उपकुलपति जियोफले कलेजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालका २ कलेजको पढाइले विश्वविद्यालयको सान बढेको बताए ।


Advertisment
Nabil box
Kumari

‘बेलायतका डिग्री विश्वमै प्रख्यात छ । हामीले विदेशका कुनैपनि कलेजलाई सम्बन्धन दिँदा कलेजको बारेमा अध्ययन गरेर मात्र दिन्छौं,’ उनले भने ।

Vianet communication
Laxmi Bank

फरक प्रसङ्गमा उनले भने, ‘उत्कृष्ट विश्वविद्यालय बन्न एउटा मात्रै कोर्समा फोकस नगरी प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने, पढाउने मात्र नभै भविष्य र समाजप्रति उत्तरदायी हनुपर्ने, अनुसन्धान र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने राम्रो परीक्षाफल हुनुपर्छ ।’

कलेजका विद्यार्थीसँग अन्तर्क्रिया गर्न नेपाल आएका उपकुलपति प्रा. जियोफले नेपाली विद्यार्थी पढाइप्रति संवेदनशील रहेको बताए । उनले अनुसन्धानमा आधारित पढाइ वर्तमान समयको आवश्यकता रहेको उल्लेख गरे ।

सन् २०१६ को सेप्टेम्बरबाट कक्षा शुरू गरेको हेराल्डमा हालसम्म ७५ जनाले अध्ययन पूरा गरिसकेका छन् । हेराल्ड कलेजले ४ वर्षे बीआईबीएम र ३ वर्षे बीआईटी कक्षा सञ्चालन गरिरहेको छ । विराटनगरको मेरिल्याण्ड कलेजमा दुवै विषयमा कक्षा सञ्चालन भइरहेको छ । मेरिल्याण्डले सन् २०१४ देखि पढाइ शुरू गरेको हो । हाल हेराल्डमा करीब ८ सय विद्यार्थी अध्ययनरत छन् ।

मेरिल्याण्डमा ३ सय ५० विद्यार्थी अध्ययन गरिरहेका छन् । आईएनजी ग्रूपले सञ्चालन गरेको दुवै कलेजको शिक्षाको बारेमा जानकारी गराउँदै ग्रूपका अध्यक्ष शुलभ बुढाथोकीले अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमा रोजगार पाइरहेको बताए । बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै उनले यहाँ पढ्ने विद्यार्थी सूचना प्रविधि क्षेत्रमा अग्रस्थानमा रहेको धारणा राखे ।

विश्वविद्यालयले हरेक वर्ष समर सिजनमा हेराल्ड र मेरिल्याण्ड कलेजमा अध्ययनरत ५ जना विद्यार्थीलाई १५ दिने छात्रवृत्तिमा विश्वका विद्यार्थीसँगै अध्ययन गर्ने  अवसर दिने गरेको छ । अध्यक्ष बुढाथोकीले बेलायती शिक्षाले गर्दा नेपाली विद्यार्थीमा स्वअध्ययन बढेकाले विश्वविद्यालयले नेपालका २ कलेजको प्रसंसा गरेको बताए ।

बेलायती शिक्षालाई विश्वभर विश्वसनीय शिक्षाको रुपमा हेर्ने गरेकै कारण विश्वविद्यालयबाट सम्बन्धन पाएर कक्षा सञ्चालन गरिरहेको उनको भनाई थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x