सडकमा लेदो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

फाइल फोटो
असार २७, २०७६

मुग्लिन– पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिकै माथिबाट झरेकोे लेदोले सडक पुरिएपछि मध्याह्न १२ः३० बजेदेखि सडक अवरुद्ध  भएको हो ।


ADVERTISEMENT

डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेदो झरेर सडक अवरुद्ध भएपछि सवारी साधनहरू बीच बाटैमा रोकिएका छन् ।

सो स्थानमा पानी परेपछि माथिबाट आएको लेदोले पटक–पटक सडक अवरुद्ध गर्दै आएको छ । 

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस