अझै सुचारु भएन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

असार २७, २०७६

काठमाडौं– यति एयरलाइन्सका विमान धवनमार्गमा चिप्लिएपछि अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमान अझै सुचारु हुन सकेको छैन ।

दुर्घटना भएको विमानलाई सुरक्षित स्थानतर्फ लैजाने काममा भएको ढिलाइका कारण विमानस्थल अझै सुचारु हुन नसकेको हो ।


ADVERTISEMENT

शुक्रवार यति एयरलाइन्सको विमान दुर्घटना भएपछि २ बजेसम्मका लागि बन्द गरिएको विमानस्थल अझै सुचारु नभएको र बेलुका ५ बजेसम्मका लागि उडान र अवतरणका काम बन्द गरिएको नागरिक उड्ड्यन प्राधिकरण कार्यालय विमानस्थलले जानकारी दिएको छ ।

सो क्रममा अवतरण हुन लागेका विमान विभिन्न विमानस्थलहरूमा डाइभर्ट गरिएको प्राधिकरण कार्यालय विमानस्थलले जानकारी दिएको छ ।

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस