सर्वाेच्चको आदेशपछि तरकारी र फलफूलको विषादी जाँच पुनः शुरू

असार २७, २०७६

बुटवल – रूपन्देहीको बेलहिया नाकामा आयातित तरकारी र फलफूलको विषादी जाँच फेरि शुरू भएको छ ।

सर्वोच्च अदालतले भारतबाट आयातित तरकारी र फलफूलमा विषादी जाँच नरोक्न आदेश दिएपछि सीमा नाकामा फेरि विषादी परीक्षण गर्न थालिएको हो ।


ADVERTISEMENT

भैरहवा भन्सार कार्यालय रूपन्देहीका सूचना अधिकृत कलीराम पौडेलले बिहीवारदेखि पुनः जाँच थालिएको बताए । तरकारी र फलफूल बोकेका गाडीहरू रोकेर जाँचपछि मात्र छाडिएको छ । 

‘सर्वोच्चले सरकारले विषादी परीक्षण विना सिधै नेपाल भित्रिने दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि विषादी परीक्षण नभएका तरकारी र फलफूलका गाडी नाकामै रोकेर जाँच गरेपछि मात्र नेपाल आउने दिइएको छ,’ उनले भने ।  

‘प्रयोगशालामा पूर्वाधार अभाव रहेको भन्दै स्थगन गरेको १ सातापछि सरकारले विषादी जाँच्न थालेको हो । देशकै दोस्रो ठूलो नाका रुपन्देहीको बेलहियाबाट बुटवलस्थित विषादी विश्लेषण द्रूत विश्लेषण प्रयोगशालामा जाँच गरेपछि मात्र गाडी भन्सारबाट नेपाल प्रवेश दिइन्छ,’ उनले भने ।

भन्सारको विषादीको जाँच गर्ने एजेन्टले बुटवलमा प्रयोगशालामा तरकारी र फलफूलको नमूना ल्याएर आउँछन् । यसअघि काठमाडौं नमूना पठाइन्थ्यो । बुटवलमा जाँच शुरू भएपछि सहज भएको छ । 

अब भन्सारमा धेरै दिन गाडी रोकिनुपर्दैन । काठमाडौंसम्म पुर्‍याउँदा ३/४ दिन लाग्ने गरेको थियो । जाँच भएको केहीछिनमा उपयुक्त भए भन्सारबाट पास भएर गाडी नेपाल भित्रिन्छन् । भैरहवा नाका हुँदै दैनिक ५०/६० ट्रक नेपाल भित्रिन्छन् ।

असार २७, २०७६ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस