भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं – चीनको गुइयाङमा एक ट्याक्सी चालकले सानो कुकुरलाई घाँटीमा फित्ता बाँधेर गाडीको पछाडि घिसार्दै व्यस्त सडकमा कुदाएको भिडियो सार्वजनिक भएको छ ।
भिडियो हेरेर मानिसहरूले जनावरमाथिको दुर्व्यवहारको कडा आलोचना गरेका छन् ।
अर्को गाडीबाट एक व्यक्तिले भिडियो खिचेका थिए । भिडियोमा थाकेको कुकुर ट्याक्सीपछाडि कुदेको देखिन्छ । घटना सोमवार भएको हो ।
ती चालकले एक साथीलाई कुकुर अन्त लग्न सहायता गरेका थिए । कुकुर सीटमा बस्दा फोहर पारिदेला भनेर घिसार्दै लगेको उनले जिकिर गरे ।
चालकले चेतावनी बत्ती बालेको र गाडी पनि धिमा गतिमा गुडिरहेको भए पनि कुकुरलाई निकै कष्ट परेको देखिन्थ्यो ।
ट्याक्सीले ट्राफिक छलेको अनि सडकको लेन पनि परिवतएन गरेको र यसक्रममा कुकुरको सुरक्षालाई पूरै बेवास्ता गरेको प्रत्यक्षदर्शीहरूले बताए ।
कुकुरलाई यसरी कम्तीमा एक किलोमिटरसम्म घिसारिएको बताइएको छ ।
ट्याक्सी कम्पनीका एक प्रवक्त ली लाइबिनले यो घटना पानी परेको दिन भएको र चालकले सीट खराब नहोस् भनी कुकुरलाई फित्ताले बाँधेको पत्रकारहरूलाई बताए ।
कम्पनीले चालकलाई असभ्य व्यवहार देखाएको र खतरनाक तरिकाले गाडी हाँकेको भन्दै तीन दिनका लागि निलम्बन गरेको छ ।
एजेन्सी
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...