चीनमा बेस्सरी पानी परेपछि अनेकौं क्षेत्र डुबानमा (भिडियो)

असार २७, २०७६

काठमाडौं – चीनमा विगत ५० वर्षमा आएको सबभन्दा भारी वर्षापछि देशको दक्षिणी तथा पूर्वी भागमा बाढी र डुबानको समस्या आएको छ । 

भारी वर्षाका कारण घरहरू भत्किएको, अन्नबाली नष्ट भएको अनि लगभग ८० हजार मानिसहरू पलायन हुनुपरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । 


ADVERTISEMENT

अझै थप वर्षा हुने सरकारी प्रसारक सीसीटीभीले बताएको छ । सन् १९६१ पछि यति भारी वर्षा भएको हो । 

शिन्ह्वा समाचार संस्थाले सार्वजनिक गरेको हवाई फूटेज र तस्वीरमा आधा डुबेका भवन र बाढी आएका सडक देखिन्छन् । जियाङ्शी र छिमेकको हुनान प्रान्तमा वर्षाले समस्या पारेको छ । 

एजेन्सी

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस