अविरल वर्षापछि देशभर बाढी र पहिरोको वितण्डा: १६ जनाको मृत्यु, ५ जना बेपत्ता

असार २७, २०७६

काठमाडौं – बिहीवारदेखिको अविरल वर्षाका कारण देशभरमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाका अनुसार अविरल वर्षापछिको बाढी र पहिरोका कारण १६ जनाको मृत्यु हुनुका साथै ५ जना बेपत्ता भएका छन् ।


ADVERTISEMENT

एसपी थापाका अनुसार खोटाङ र काठमाडौंमा ३/३, काभ्रे र भोजपुरमा २/२ तथा पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली, ललितपुर र धादिङमा १-१ जनाको मृत्यु भएको छ ।

वर्षाका कारण नदी तथा खोलाहरूमा बाढी आएको छ भने देशका कैयन भू-भाग डुबानमा परेका छन् ।

काठमाडौंमा पनि कलंकी, बल्खु-कुलेश्वर तथा भक्तपुरको हनुमन्ते खोला आसपास क्षेत्र डुबानमा परेको छ ।

मुलपानीमा छिमेकीको घरको पर्खाल भत्किएर टहरा पुर्दा ३ जनाको मृत्यु भएको छ भने कलंकीमा खोलाले बगाएको सिलण्डर समाउन खोज्दा एक जना बेपत्ता भएका छन् ।

देशभरबाट क्षतिको विवरण आउने क्रम जारी छ । मृतक तथा बेपत्ताहरूको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ ।

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस