देशभरि बाढीका कारण १७ जनाको मृत्यु [अपडेट]

असार २७, २०७६

काठमाडौँ -शुक्रवार परेको अविरल वर्षाका कारण देशभरमा १७ जनाको मृत्यु भएको छ ।

प्रहरीले दिएको सूचना अनुसार साँझ पौने ७ बजेसम्म देशभर १७ जनाको मृत्यु र ७ जना घाइते भएको तथ्यांक छ ।


ADVERTISEMENT

शुक्रवार बिहानैदेखि परेको अविरल वर्षाले देशभर विभिन्न ठाउँहरूमा बाढी र पहिरोका कारण थप जनधनको क्षति हुन नदिन प्रहरीले सबैलाई सचेत रहन आग्रह पनि गरेको छ ।

प्रहरीले दिएको सूचना अनुसार खोटाङमा ३ जना, ओखलढुंगामा १ जना, भोजपुरमा २ जना, पर्सामा १ जना, काभ्रेमा २ जना, रामेछापमा १, सिन्धुलीमा १ जना, मकवानपुर् र धादिङमा १/१ जना, काठमाडौँमा ३ जना र ललितपुरमा १ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भक्तपुरमा १ जनालाई उद्दार गरिएको छ ।

हेर्नुहोस् सूची -

 

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस