८ घण्टापछि त्रिभुवन विमानस्थलको अवरोध हट्यो

असार २७, २०७६

काठमाडौं –  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल करीब ८ घण्टापछि सञ्चालनमा आएको छ । शुक्रबार साढे ७ बजेतिर यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको थियो । 

नेपालगञ्जबाट यात्रु लिएर आएको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । 


ADVERTISEMENT

घाँसे मेदानमा पुगेको विमान त्यहाँबाट हटाएपछि उडान सुचारु भएको विमानस्थलले जनाएको छ । 

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस