४० हजार घुस खाँदा समातिए इन्जिनियर

असार २७, २०७६

काठमाडौं–खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जामा कार्यरत इन्जिनियर (आठौं तह) वासी अख्तर मोहम्मदलाई अख्तियारले ४० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ । 
 खानेपानी आयोजनाको भुक्तानी दिएकोमा विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको छ । 
घुसबापतको रकम लिइसकेको अवस्थामा पुतलीबजार वडा नं१ स्थित इग्लिस वोर्डिङ स्कुल नजिकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 
 


ADVERTISEMENT

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस