×

NMB BANK
NIC ASIA

स्वदेशमै उद्यम

बारीमा पैसा फलाउँदै हरि, मलेसियाबाट फर्केर घरमै मासिक ८० हजार कमाइ !

असार २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – जाजरकोटको भेरी नगरपालिका–१ कालेगाउँका हरि खत्री २०६३ सालमा मलेसियाबाट नेपाल फर्किए । 

Muktinath Bank

उनी ३ वर्षसम्म मलेसियामा ललिपप बनाउने कम्पनीमा मासिक ४० हजार रुपैयाँ तलबमा काम गर्थे तर अहिले उनी त्यसको दोब्बर अर्थात् ८० हजार रुपैयाँ मासिक घरमै कमाइ गर्दै आइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वार्षिक ९ लाखभन्दा बढी चोखो आम्दानी गर्ने हरिले के गर्दा होलान् भन्ने लाग्न सक्छ । उनले अरु केही गर्दैनन्, खेती गर्छन् । उनी किसान हुन् । उनको बारीमा नफलेको केही छैन ।


Advertisment
Nabil box
Kumari

आँप, केरा, काउली, बन्दा, मुला, चिचिण्डा, करेला, भिण्डी, खरबुजा, लौका लगायतका तरकारी र फलफूल उनले फलाउँछन् । यति मात्रै होइन, उनले बाख्रा पनि पालिरहेका छन् ।

Vianet communication
Laxmi Bank

उनले यसवर्ष सुर्खेतमा कोपी बिक्री गरे । जाजरकोटबाट कोपी सुर्खेत ल्याउँदा ५ रुपैयाँ प्रतिकिलो बेच्न खोजेपनि कसैले खरिद नगर्दा भेरी नदीमा १ ट्रक कोपी बगाए । बारीमा १ सय क्विन्टल कोपी कुहाए ।

‘विदेशमा बसेर मैले महिनाको ४० हजार कमाउने गर्थें तर परिवारबाट म टाढा थिएँ,’ उनी भन्छन्, ‘अहिले परिवारसँगै छु । आफ्नै बारीमा पैसा फलाउँछु ।’ उनले १० रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन् । ३ रोपनी जग्गामा अन्य खेती गर्दै आइरहेका छन् ।

उनले सिर्जनशील कृषि फर्म सञ्चालनमा ल्याएका छन् । फर्मबाटै सबै कारोबार पनि गर्दै आइरहेका छन् । ‘२० वटा बाख्रा पालिरहेको छु,’ उनी भन्छन्, ‘भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ३ लाख ६० हजार रुपैयाँ र आफ्नो थप लगानीमा खोर बनाएको छु ।’ अब बाख्राको संख्या कम्तीमा १ सय पुर्‍याउने लक्ष्य छ उनको ।

उनले फर्ममा ५० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् । ‘मैले जग्गा खरिद गरेर अहिलेसम्म ५० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेको छु,’ उनी भन्छन्, ‘जग्गा जोत्नको लागि २ लाख रुपैयाँ बराबरको हाते ट्रेक्टर पनि खरिद गरेको छु ।’ उनले खरिद गरेको हाते ट्रेक्टर १ घण्टाको ६ सय रुपैयाँमा भाडामा समेत जाने गरेको छ । १ घण्टामा ट्रेक्टरको खर्च १ सय रुपैयाँको तेल र १ सय रुपैयाँ ज्याला दिइयो भने पनि ४ सय रुपैयाँ नाफा हुने गरेको उनी बताउँछन् । 

‘मलाई हाते ट्रेक्टर खरिद गर्न कृषि ज्ञान केन्द्रले १ लाख रुपैयाँ अनुदान समेत दिएको थियो,’ उनले भने, ‘अब घेरबारको लागि प्रदेश सरकारबाट केही अनुदान पाउन सके कृषि पेशामा थप सफल बन्ने धोको छ ।’

सरकारले कृषि पेशामा लागेका कृषकलाई अनुदानका साथसाथै सहुलियत ऋण दिनुपर्ने उनी बताउँछन् । ‘कृषकलाई उत्पादनको आधारमा अनुदान दिने व्यवस्था सरकारले गर्नुपर्छ । भारतमा जस्तै नेपालमा कृषकलाई अनुदान दिनसके कृषि पेशामा हाम्रो भविष्य उज्ज्वल छ,’ उनले भने, ‘सहुलियत ऋण पनि आवश्यक छ । अहिले बैंकले सजिलो तरिकाले कृषि पेशा गर्नेलाई ऋण दिँदैनन् । यस्तो अवस्थामा बैंकलाई सहुलियतपूर्ण ऋण किसानलाई अनिवार्य दिने व्यवस्था पनि राज्यले मिलाउनुपर्छ ।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गर्न लागेको छ । मन्त्री विमला केसीले व्यावसायिक कृषकलाई सहुलियत ऋण र उत्पादनको आधारमा अनुदान दिने गरी बजेट ल्याइएको उनले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x