कात्तिक १८, २०८०
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
काठमाडौं- मलेशियाविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले सहज जीत हात पारेको छ ।
सिङ्गापुरमा आयोजना हुने आइसीसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले मलेशियालाई सात विकेटले पराजित गर्दै विजयी भएको हो ।
क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा शनिवार भएको मलेशिया विरुद्वको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले नेपाललाई जीतको लागि १२९ रनको चुनौती दिएको थियो ।
कूल १२९ रनको विजय लक्ष्य बोकेर मैदान उत्रेको नेपाल १८ दशमलव ३ ओभरमा मात्र तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालको जीतमा कप्तान पारस खड्काले ८६ रनको अर्धशतकीय इनिङ् खेले । उनले ५० बल खेल्दै पाँच छक्का र आठ चौकाको मद्दतमा अविजित ८६ रनको योगदान दिएका हुन् ।
त्यसैगरी शरद भेषवाकरले अविजित १६ रन जोड्दा शुरुआती ब्याट्सम्यान प्रदीप ऐरीले ८, उपकप्तान ज्ञानेन्द्र मल्लले ७ तथा रोहित पौडेलले ५ रन जोड्दै बाहिरिए ।
बलिङतर्फ मलेशियाका अनवर रहमानले दुई तथा मोहमद फिट्रीले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मलेशियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन मात्र बनाउन सकेको थियो ।
मलेशियाका लागि भिरन दिप सिंहले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै अहमेद फाइज मोहमद नुरले ४५ तथा मोहमद फिट्रीले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।
मलेशियालाई १२८ रनमा समेट्नेक्रममा नेपालका करण केसी एक्लैले तीन विकेट लिए । त्यसैगरी वसन्त रेग्मी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट झारे ।
अब नेपालले मलेशिया विरुद्वको दोस्रो तथा अन्तिम खेल भोलि आइतवार खेल्नेछ । सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रूपमा रहेको एशिया फाइनल आगामी साउन ६ देखि १२ गतेसम्म सिङ्गापुरमा आयोजना हुँदैछ ।
प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेशिया, कतार र कुवेत भिड्ने छन् । नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ । यस्तै साउन ८ मा मलेशियासँग, ११ गते कुवेत तथा १२ गते सिङ्गापुरसँग खेल्नेछ ।
उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुँदैछ ।
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...