×

NMB BANK
NIC ASIA

विश्वकप उपाधिका लागि इंग्ल्यान्ड र न्युजील्यान्डबीच भिडन्त, को कत्तिको बलियो ?

असार २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – आईसीसी विश्वकपको फाइनल आइतवार लन्डनको ऐतिहासिक लर्ड्स मैदानमा खेलिनेछ । क्रिकेटको जनक इंग्ल्यान्ड र सधैंको अन्डरडग न्युजील्यान्डबीच भिडन्त हुँदैछ । आजको खेलबाट क्रिकेटले नयाँ विश्वविजेता पाउनेछ । 

Muktinath Bank

इयोन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्डले पाँचपटकको च्याम्पियन अस्ट्रेलियालाई सेमीफाइनलमा हराएर विश्वकपको फाइनल पुगेको हो । न्युजील्यान्डले चाहिँ दुईपटकको च्याम्पियन भारतलाई सेमीफाइलमा हराएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इंग्ल्यान्डले विश्वकप पाँचौंपटक आयोजना गरेको हो र ऊ चौथोपटक फाइनल पुगेको हो । सन् १९७९, १९८७ र १९९२ मा ऊ फाइनलमा पुगेर हारेको थियो । अब उससँग २७ वर्षपछि फाइनल जित्ने अवसर छ । 


Advertisment
Nabil box
Kumari

इंग्ल्यान्डको ब्याटिङको कुरा गर्दा जो रूटले यस प्रतियोगिताका १० खेलमा ५४९ रन बनाएका छन् । तिनमा दुई शतक र तीन अर्धशतक छन् । 

Vianet communication
Laxmi Bank

जोनी बेयरस्टोले १० खेलमा ४९६ रन बनाएका छन् । उनले दुई शतक र दुई अर्धशतक बनाइसकेका छन् । जेसन रोय, बेन स्टोक्स र कप्तान इयोन मोर्गनले पनि राम्रो रन बनाएका छन् । 

न्युजील्यान्ड चाहिँ भाग्यले सेमीफाइनल पुगेको हो । लीग चरणमा पाकिस्तान र उसको बराबरी अंक भए पनि राम्रो रनरेटका आधारमा न्युजील्यान्ड सेमीफाइल पुगेको थियो । तर सेमीफाइनलमा उसले भारतलाई हरायो र लगातार दोस्रोपटक फाइनल पुग्यो । 

टीमको सबभन्दा ठूलो शक्ति कप्तान केन विलियम्सन हुन् । उनले नौ खेलको आठ पारीमा ५४८ रन बनाएका छन् । त्यसमा दुई शतक र दुई अर्धशतक छन् । 

रोस टेलरले आठ पारीमा ३३५ रन बनाएका छन् ।

न्युजील्यान्डका ६ खेलाडीले अघिल्लो संस्करणको फाइनल खेलेका थिए । 

उसका बलरहरू लोकी फर्ग्युसन, ट्रेन्ट बोल्ट र म्याट हेनरी जस्ता तीव्र गतिका बलर छन् र उनीहरूले म्याचको दिशा परिवर्तन गर्ने क्षमता राख्छन् । सेमीफाइनलमा न्युजील्यान्डलाई बलरले नै जिताएका हुन् । 

फर्ग्युसनले १८ विकेट लिएका छन् भने बोल्टको नाममा १७ विकेट छ । हेनरीले १३ अनि नीशमले १२ विकेट लिएका छन् । मिशेल स्यान्टनरले ६ विकेट हात पारेका छन् ।

इंग्ल्यान्डका बलरको कुरा गर्दा जोफ्रा आर्चरले यस विश्वकपमा १९ विकेट लिएका छन् । अनि मार्क वूडले १७, क्रिस भोक्सले १३ र आदिल राशिदले ११ विकेट लिएका छन् । प्लंकेटले आठ विकेट हात पारेका छन् ।

अघिल्लो विश्वकपमा न्युजील्यान्डले फाइनलमा निकै फितलो प्रदर्शन गरेको थियो । तर आजको फाइनलमा उसले इंग्ल्यान्डलाई कडा चुनौती दिने अपेक्षा छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x