पञ्चकन्याको 'डेकिङ' सिट बजारमा

असार २९, २०७६

काठमाडौं- निर्माण सामाग्री उत्पादन गर्दै आइरहेको पञ्चकन्या समूहले निर्माण कार्यमा प्रयोग हुने 'ग्यालभनाइज्ड डेकिङ' सिट नेपाली बजारमा ल्याएको छ । 

विश्वमै निर्माण क्षेत्रमा व्यापक रूपमा प्रचलनमा आइरहेको यस सिट मजबुत भरपर्दाे र निर्माण गर्न छिटो छरितो भएको कम्पनीको दाबी छ ।


ADVERTISEMENT

यसलाई निर्माण कार्यमा स्थायी रूपमा प्रयोगमा ल्याउन सकिने र मूल्यमा समेत किफायती रहेको कम्पनीले जनाएको छ । 

तौलमा हलुका विशेषता रहेका यि सिटहरु मजबुत, खिया नलाग्ने र वाटरप्रूफ समेत रहनु यसको प्रमुख विशेषता हुन् ।

यो कंक्रिट राम्रोसँग टाँसिएर बस्ने र ढलानको स्ल्याबको मोटाइलाई कम गर्न समेत यसले भूमिका खेल्छ, जसले गर्दा भवनलाई भार कम पर्नुका साथै यसको प्रयोगले मर्मत सम्भार गरिरहनु पर्ने झन्झट रहँदैन । आवश्यकता अनुसार साइजमा उपलब्ध हुने यी निर्माण सामाग्री नेपालभर नै उपलब्ध भएको कम्पनीको भनाइ छ । 

असार २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस