×

NMB BANK
NIC ASIA

सत्तापक्ष र प्रतिपक्षीको रस्साकस्सीका बीचमा कर्णाली सरकारको बजेट पारित

असार २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहमति भएपछि कर्णाली प्रदेश सभाले सरकारले ल्याएको बजेट पारित भएको छ ।

Muktinath Bank

कर्णाली सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच सहमतिपछि बसेको प्रदेश सभा बैठकले कर्णाली सरकारको करिब ३५ अर्बको बजेट आइतवार पारित भएको हो । बजेटमा सांसदहरुले उठाएको प्रश्नहरुको चित्तबुझ्दो जवाफ नआएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद अवरोध गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्बन्धित विभागीय मन्त्रीले मौखीक रूपमा मात्र प्रतिबद्धता जाहेर गरेको तर लिखित रुपमा नै संशोधन नगरेको भन्दै प्रतिपक्षी कांग्रेसले बजेट पारित गर्न अवरोध गरेको थियो । सरकार र प्रतिपक्षबीच भएको छलफलमा सहमति भएपछि कर्णाली सरकारको बजेट पारित भएको हो ।


Advertisment
Nabil box
Kumari

छलफलमा मन्त्रीले प्रतिबद्धता गरेका, संशोधन गर्ने भनेको बजेट पनि विनियोजन विधेयकको अंगका रूपमा रहने सहमतिपछि बजेट पारित भएको हो । चालू आर्थिक वर्षका लागि २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट ल्याएको प्रदेश सरकारले हालसम्म सात अर्ब १७ करोड, ३६ लाख १६ हजार रुपैयाँ मात्रै खर्च गरेको छ ।

Vianet communication
Laxmi Bank

२१ अर्ब ३१ करोड ३५ लाख ९४ हजार पूँजीगततर्फको बजेटमध्येबाट प्रदेश सरकारले हालसम्म ३ अर्ब ५५ करोड, ८२ लाख ९६ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । यो जम्मा विकास बजेटको १६.२४ प्रतिशत हो ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले पूँजीगततर्फ ५ अर्ब ८३ करोड ९६ लाख २० हजार बजेटमध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयले जम्मा २ करोड १५ लाख ६३ हजार रुपैयाँ खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूँजीगततर्फ एक करोड ५७ लाख ७५ हजार खर्च गरेको छ ।

२१ अर्ब ३१ करोड ३५ लाख ९४ हजार पूँजीगत बजेटमध्ये प्रदेश सरकारले हालसम्म सात अर्ब १७ करोड, ३६ लाख १६ हजार रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पूँजीगततर्फको ७५ करोड दुई लाखमध्ये १२ करोड एक लाख २९ हजार खर्च गरेको छ ।

सबैभन्दा धेरै बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च निराशाजनक छ । भौतिक पूर्वाधार मन्त्रालयले पूँजीगततर्फ नौ अर्ब ६९ करोड २२ लाख ४६ हजार बजेटमध्ये हालसम्म एक अर्ब ७६ करोड, ३५ लाख ५१ हजार रुपैयाँ खर्च गरेको छ । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले पूँजीगततर्फको २ अर्ब, एक करोड १३ लाख ८८ हजार विकास बजेटमध्ये मन्त्रालयले हालससम्म ५२ करोड ७६ लाख, १२ हजार खर्च गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पूँजीगततर्फको १ अर्ब २ करोड ९५ लाख पाँच हजारमध्ये ५२ करोड ६७ लाख ३५ हजार रुपैयाँ खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले पूँजीगततर्फको एक खर्ब ११ करोड २३ लाख १५ हजारमध्ये ४२ करोड ८७ लाख ९७ हजार रुपैयाँ खर्च गरेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश व्यवस्थापिका सचिवालयले ६ करोड ३८ लाख ५० हजार पूँजीगत बजेटमध्ये चार करोड ५९ लाख ६४ हजार रुपैयाँ खर्च गरेको छ भने मुख्य न्यायाधीवक्ताको कार्यालयले ८१ लाख ७० हजार पूँजीगत खर्च मध्ये ८१ लाख ६६ हजार रुपैयाँ खर्च गरेको छ ।

विकास बजेट न्यून खर्च गरेको प्रदेश सरकारले चालु बजेट भने ५६.६९ प्रतिशत खर्च गरेको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत लोकप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्षको हालसम्म तीन अर्ब ६१ करोड ५३ लाख २० हजार रुपैयाँ प्रदेश सरकारले खर्च गरेको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x