×

NMB BANK
NIC ASIA

व्यापारमा सरकार

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दर्ता, सरकारले ‘सुपरमार्केट’ खोल्ने

असार ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सरकारले सञ्चालनमा ल्याउन लागेको सुपरमार्केट दर्ता प्रक्रियामा गएको छ ।

Muktinath Bank

नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई आपसमा गाँभेर निर्माण गरिने भनिएको सरकारी व्यापार कम्पनी दर्ता प्रक्रियामा गएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आर्थिक वर्षको बजेट वक्तव्यमै संस्थान र ट्रेडिङलाई आपसमा गाँभेर नयाँ कम्पनी स्थापना गरिने व्यवस्था गरिएको छ । सोही अनुसार खाद्य संस्थान र नेसनल ट्रेडिङलाई गाँभेर नयाँ व्यापार कम्पनी निर्माण गर्न मन्त्रिपरिषद्ले २ पटक निर्णय गरेको थियो ।


Advertisment
Nabil box
Kumari

मन्त्रिपरिषद्ले गत माघ १० गते र गत जेठ १४ गतेमा दुवै निकाय आपसमा गाँभेर नयाँ व्यापार कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सोही निर्णयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार कम्पनी स्थापनाको प्रक्रियालाई अघि बढाएको छ ।

Vianet communication
Laxmi Bank

कम्पनी ऐन २०६३ को दफा १७३ अनुसार खाद्य संस्थान र नेसनल ट्रेडिङलाई गाँभेर ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ कम्पनी स्थापनाका लागि कम्पनी रजिस्ट्रारको कार्यालयबाट नाम स्वीकृत भइसकेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आपूर्ति शाखा प्रमुख उर्मिला केसीले कम्पनी रजिस्ट्रार कार्यालयबाट ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ नाम स्वीकृत भइसकेको जानकारी दिइन् । नाम स्वीकृत भइसकेको र दर्ता हुने प्रक्रियामा रहेको केसीले बताइन् । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नाम स्वीकृत भइसकेको छ,’ उनले भनिन्, ‘पूर्णरुपमा सरकारी स्वामित्वमा रहने गरी कम्पनी दर्ता हुने प्रक्रियामा रहेको छ ।’ केही दिनभित्रै दर्ता पनि भइसक्ने र कम्पनीमा तत्काललाई नेपाल खाद्य संस्थानकै कर्मचारी रहने समेत केसीले बताइन् । 

यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवले सुपरमार्केट सञ्चालनमा ल्याउनका लागि अध्ययन गर्न गत साउन ७ गते ‘पूर्व तयारी समिति’ गठन गरेका थिए । मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले आवश्यक अध्ययन गरेर मन्त्रालयमा यसअघि नै प्रतिवेदन पेश गरिसकेको थियो । सरकारी सुपरमार्केटमा हाल सञ्चालनमा रहेका भाटभटेनीजस्तै सामान बिक्री गरिने जनाइएको छ ।

प्रतिवेदनका आधारमा गत साउन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई आपसमा गाँभेर ‘राष्ट्रिय आपूर्ति कम्पनी’ स्थापना गर्ने निर्णय गरेको थियो । यद्यपि पछिल्लो समय नाम भने ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिमेड’का  नामले कम्पनी दर्ता भएको छ ।

नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ आपसमा गाँभिएपछि दुवैको सम्पूर्ण शेयर, सम्पत्ति र दायित्व खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नाममा स्थानान्तरण गरिएको छ । गत साउनमै गठन गरिएको ‘पूर्व तयारी समिति’ समितिले दिएको सुझावको आधारमा दुवैको सम्पत्ति नयाँ कम्पनीका नाममा सारिएको मन्त्रालयले जनाएको छ ।

गाँभिएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नाममा सारिएपछि कम्पनीको अधिकृत पूँजी ३० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १ अर्ब १५ करोड ९३ लाख रुपैयाँ पुुगेको मन्त्रालयले जनाएको छ ।

कम्पनी सञ्चालनमा ल्याउनका लागि मन्त्रालयका अधिकारी संलग्न कम्पनी सञ्चालक समितिको बैठक बस्ने छ । समितिले गरेको निर्णयको आधारमा कम्पनीले कुन–कुन वस्तुको कारोबार गर्ने र कुन मोडलमा गर्ने भन्ने टुंगो लाग्ने छ ।

पूर्व तयारी समितिको प्रतिवेदनमा कम्पनी ऐन २०६३ अनुसार राष्ट्रिय आपूर्ति कम्पनी गठन गरिने र कम्पनी स्वतन्त्र व्यावसायिक र सेवामुखी संस्था हुने उल्लेख छ ।

चालू आर्थिक वर्ष २०७५/०७६ को बजेट वक्तव्य प्रस्तुत गर्दा अर्थमन्त्री डा. युवराज खतिवडाले समेत आपूर्ति प्रणालीलाई प्रतिस्पर्धी बनाउन राष्ट्रिय आपूर्ति कम्पनी बनाउने घोषणा गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x