कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
असार ३०, २०७६
काठमाडौं – ल्याटिन अमेरिकी देश भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोका छोरा निकोलास अर्नेस्टो मादुरो यतिबेला काठमाडौंमा छन् ।
शनिवार आफ्ना ३ मन्त्रीसँग सुटुक्क काठमाडौं छिरेका अर्नेस्टोले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य वामदेवसँग भेट गरेको समाचार बाहिरिएको भएपनि नेपालका मन्त्री र प्रधानमन्त्रीसँगको भेटको कार्यतालिका भने सार्वजनिक भएको छैन ।
सत्तारूढ नेकपाका युवा संगठनको निमन्त्रणामा अर्नेस्टो नेपाल भ्रमणमा आएको दाबी गरिएको भएपनि झण्डै ६ महिनादेखि राजनीतिक संकट झेलिरहेको भेनेजुएलाको यो स्तरको नेपाल भ्रमण राष्ट्रपति मदुरोको पक्षमा अन्तर्राष्ट्रिय सहमति जुटाउन गरिएको प्रयास हुनसक्ने राजनीतिक वृत्तमा चर्चा छ ।
आइतवार सत्तारूढ दल नेकपाका सचिवालय सदस्य वामदेवसँगको भेटमा अर्नेस्टो नेपाली ढाकाटोपीमा देखिए । १९८७ को अप्रिलमा नेपाल र भेनेजुएलाबीच कूटनीतिक सम्बन्ध कायम भएको थियो । त्यसयता दुवै देशबाट कुनै उच्चस्तरीय राजनीतिक भ्रमण भएका छैनन् । आइतवार भएको अर्नेस्टो–गौतम भेटमा बदलिएको परिस्थितिमा नेपाल र भेनेजुएलाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेबारे छलफल भएको छलफलमा उपस्थित एक सहभागीले बताए ।
भेनेजुएलामा अमेरिकी हस्तक्षेपका कारण राजनीतिक संकट बढिरहेको भन्दै सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी हस्तक्षेप मान्य नहुने भन्दै विज्ञप्ति जारी गरे । प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमण रहेका बेला प्रचण्डले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोको पक्षमा विज्ञप्ति जारी गरेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक चर्चा भएको थियो ।
प्रचण्डको विज्ञप्तिपछि नेपालस्थित अमेरिकी राजदूतले सरकारको आधिकारिक धारणा माग्यो । त्यसलगत्तै परराष्ट्र मन्त्रालयले अध्यक्ष प्रचण्डकै भनाइ सदर गर्दै भेनेजुएला सन्दर्भमा कुनै पनि देशले हस्तक्षेप गर्न नहुने र त्यहाँका जनता आफ्नो फैसला आफै गर्न सक्षम रहेको भन्दै विज्ञप्ति निकाल्यो । विश्वका ठूला शक्तिराष्ट्रहरू सहभागी भएको भेनेजुएला संकटबारे नेपालको परराष्ट्र मन्त्रालयले दिएको वक्तव्यले नेपाल ‘गैरअमेरिकी’ खेमामा उभिएको चर्चा चल्यो ।
भेनेजुएलामा राजनीतिक संकट हल नभइसकेको भएपनि मोटामोटी रूपमा केही मत्थर भएको छ । अमेरिकी हस्तक्षेपको विरुद्धमा रूस, चीन जस्ता शक्तिराष्ट्रहरू उभिएपछि राष्ट्रपति मदुरोलाई केही राहत अनुभव भएको विश्लेषण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन् ।
राष्ट्रपति निकोलास मदुरोले आफ्नो देशमा गहिरिएको संकटका बीचमा आफ्नो पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउने कोसिस गरिरहेका छन् । गत माघमा भेनेजुएलाको राष्ट्रिय सभामा विपक्षी नेता हुवान गुवाइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । गुवाइदोको उक्त कदमलाई अमेरिकन एलायन्सका केही देशहरू र युरोपका केही देशहरूले समर्थन गरे तर विश्वका शक्तिराष्ट्र मानिने चीन र रूसले भेनेजुएलाको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गरे ‘नराम्रो’ हुने चेतावनी दिएका थिए ।
राष्ट्रपति पुत्र अर्नेस्टोको नेपाल भ्रमणलाई उतिबेला सत्तारूढ दलका अध्यक्ष प्रचण्डले गरेको समर्थनको सम्मान भन्न सकिने नेकपाका एक नेताको भनाइ छ । ‘अन्तर्राष्ट्रिय समर्थन जुटाउने भेनेजुएलाको प्रयासस्वरूप यो भ्रमण भएको अनुमान गर्न सकिन्छ,’ उनले भने ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...