×

NMB BANK
NIC ASIA

करोडौं भ्रष्टाचारको अभियोगमा बीपी स्वास्थ्य प्रतिष्ठानका तत्कालीन उपकुलपतिसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

असार ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दास (बीपी दास) समेत ८ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। उपकुलपति दास तथा नेतृत्व तहका अन्य कर्मचारीहरूको संलग्नतामा विभिन्न उपकरण (वस्तु) तथा सेवा खरिदमा अनियमितता गरेको ठहर गर्दै विशेष अदालतमा सोमवार मुद्दा दायर गरिएको हो ।

Muktinath Bank

प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरूले प्रचलित ऐन-नियम विपरीत बदनियतपूर्वक गैरकानूनी रूपमा आर्थिक लाभ लिई सप्लायर्स तथा आफूलाई फाइदा र प्रतिष्ठानलाई हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको पुष्टि हुन आएको अख्तियारको  जिकिर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन उपकुलपति बलभद्र प्रसाद दास (विपि दास) ले चार करोड आठ लाख अन्ठानब्बे हजार उन्नाइस रुपैयाँ, तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हाले तीन करोड पचहत्तर लाख तीस हजार छ सय उन्नाइस रुपैयाँ, तत्कालीन रजिष्टार नन्दकुमार थापाले एक करोड छयानब्बे लाख नौ हजार आठ सय असी रुपैयाँ र रजिष्टार तुलबहादुर श्रेष्ठले छपन्न लाख सतहत्तर हजार चार सय पाँच रूपैयाँ अस्वाभाविक रूपमा बढी मूल्य तिरी खरिद गर्ने गराउने कार्य गरी प्रतिष्ठानलाई नोक्सानी पुर्‍याएको ठहर अख्तियारले गरेको छ ।


Advertisment
Nabil box
Kumari

सोही बराबरको विगो कायम गरी उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को देहाय (ञ) बमोजिम मुद्दा दायर गरिएको छ ।

Vianet communication
Laxmi Bank

 

यसैगरी लेखा प्रमुख प्रमुख दिनेश राज दाहाल दुई करोड चौँतीस लाख एकासी हजार आठ सय उन्नाइस रुपैयाँ, डेपुटी मेनेजर अमित श्रीवास्तवले एक करोड चौहत्तर लाख सोह्र हजार दुई सय रुपैयाँ बढी मूल्य तिरी खरिद गर्ने गराउने कार्यमा संलग्न रहेको जिकिर गरी सोही बराबर विगो तोकिएको छ ।

उपकरण सप्लार्य प्रोसिजन मेडिकल प्रा.लि./वायोमेड इन्टरनेसनल प्रा.लि. का प्रोपराइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्टिव्युटर्सका प्रोपराइटर उमेश अग्रवालले विभिन्न सामानहरू आपूर्ति गर्दा प्रतिष्ठानका पदाधिकारीसँग मिलेमतो गरी  चेतन अग्रवालले एक करोड चार लाख सोह्र हजार सात सय सन्तानब्बे र उमेश अग्रवालले साठी लाख छत्तीस हजार तीन सय त्रिचालीस हिनामिना तथा भ्रष्टाचार गरेको ठहर अख्तियारको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x