कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भक्तपुर-भक्तपुर नगरपालिकाले आज औद्योगिक क्षेत्रभित्र रहेको दुग्ध डेरी तथा उद्योगमा गरेको अनुगमनका क्रममा अधिकांशमा फोहर भेटिएको छ ।
नगरपालिकाको अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले गरेको अनुगमनमा शिवम् डेरी प्रालिमा ढल र शौचालयको दुर्गन्ध भएको पाइएको छ ।
त्यसैगरी भान्साको फोहर र अन्य फोहर छरप्रस्ट राखेको, डेरीभित्र पानी जमेको, ढल र शौचालयको दुर्गन्ध भएको, कामदारले एप्रोन, माक्स, बुट, हेयरनेटको प्रयोग नगरेको पाइएको खाद्य निरीक्षक कौशल ओझाले जानकारी दिनुभयो ।
ल्याबमा माइक्रोवायोलोजीलगायत सम्पूर्ण परीक्षण गर्ने, बरफमा राख्ने लिची तथा भेनिला सुगन्ध म्याद नाघेको पाइएकाले त्यही नष्ट गरिएको जानकारी दिँदै उहाँले सफा गर्न, दूध जोख्ने मेसिनलाई खुल्ला नराख्ने, ल्याब रेर्कड दैनिक रुपमा राख्न निर्देशन दिइएकोे खाद्य निर्देशक ओझाले बताउनुभयो ।
त्यस्तै जगदम्बा डेरी फुड एण्ड वेभरेजमा फिर्ता ल्याएको दूध फेरि प्रशोधन गरेको पाइएकाले पुनःप्रशोधन नगर्न, सरसफाइमा विशेष ध्यान दिने, डेरीभित्र पानी जमेकाले व्यवस्थित गर्न, कामदारलाई एप्रोन, माक्स, बुट, हेयरनेट अनिवार्य प्रयोग गर्न, ल्याबमा माइक्रोवायोलोजीलगायत सम्पूर्ण परीक्षण गर्ने, टेक्नीसियनलगायत कामदारको परिचय खोल्न प्रमाणपत्र वा परिचयपत्र राख्न निर्देशन दिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
त्यसैगरी भक्तपुर डेरी प्रालिमा ल्याब व्यवस्थित गरी माइक्रोवायोलोजीलगायत सम्पूर्ण परीक्षण गर्र्न, फिर्ता ल्याएको दूध फेरि प्रशोधन गरेको पाइएकाले पुनःप्रशोधन नगर्र्न, सरसफाइमा विशेष ध्यान दिन, डेरीभित्र जमेको पानी व्यवस्थित गर्न, कामदार सबैले एप्रोन, माक्स, बुट, हेयरनेट अनिवार्य प्रयोग गर्न, दुध ल्याएको र बजारमा पठाएको व्यवस्थित रुपमा रेकर्ड राख्न निर्देशन दिइएकोे उहाँले बताउनुभयो ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...