×

NMB BANK
NIC ASIA

तराईमा बाढी र डुबानको कहर : कसैले परिवार गुमाए, कसैको बास नै छैन

प्रदेश २ मा मात्र ३२ जनाको मृत्यु, २ बेपत्ता

साउन १, २०७६

NTC
Sarbottam
महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ८ स्थित बज्राहीका मनोज ठाकुरका १२ वर्षीय छोरा प्रशान्त ठाकुरको शव नदीमा फेला परेपछि बोकेर लैजाँदै स्थानीय ।
Premier Steels
Marvel

जनकपुरधामअविरल वर्षापछिको बाढी र डुबानका कारण प्रदेश २ मा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । असार ३१ गते साँझसम्मको प्रहरीको तथ्यांक अनुसार २८ जना पुरुष र ४ जना महिलाको ज्यान गएको छ ।

Sagarmatha Cement
Muktinath Bank

एक पुरुष र एक महिला गरी २ जना बाढीमा बगेर बेपत्ता भएको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता ज्ञानकुमार महतोले बताएका छन् । प्रहरी नायब उपरीक्षक समेत रहेका महतोका अनुसार मृत्यु भएकामध्ये अधिकांश बालबालिका नै रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्सामा ३ जना, बारामा २ जना, रौतहटमा १० जना, सर्लाहीमा १ जना, महोत्तरीमा ६ जना, धनुषामा ५ जना र सिरहामा ५  जना गरी कुल ३२ जनाको मृत्यु भएको छ । 


Advertisment
Nabil box
Kumari

प्रहरीका अनुसार मृतकमध्ये अधिकांश वृद्धवृद्धा र बालबालिका छन् । केहीको घर छेउमा जमेको पानीमा डुबेर मृत्यु भएको छ  । त्यसैगरी केहीको खोला तर्ने क्रममा, खोलाबाट दाउरा छान्न जाने क्रममा, खोलामा आएको बाढी हेर्न जाने क्रममा खोलामा बगेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Vianet communication
Laxmi Bank

अविरल वर्षा र बाढी तथा डुबानका कारण प्रदेशमा कुल ६ लाख ७९ हजार ३ सय १५ जना प्रभावित रहेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । प्रदेशमा कुल १ लाख १८ हजार ९ सय ४ घरधुरी बाढीबाट प्रभावित भएका छन् भने १३ हजार ४४ परिवार विस्थापित भई आफन्त, विद्यालय तथा अन्य अस्थायी शिविरहरूमा आश्रय लिएर बसिरहेको प्रहरी प्रवक्ता महतोले लोकान्तरलाई जानकारी दिए ।

३ हजार ५ सय ९४ घरहरू पूर्ण रूपमा नष्ट भएको छ भने उद्धारमा खटेका सुरक्षाकर्मीले मात्र प्रदेशमा कुल २९ हजार ३ सय ८ जनालाई सुरक्षित गन्तव्य स्थलमा पुर्‍याएको उनले बताए ।

यस्तो छ आठवटै जिल्लाको मानवीय क्षतिको विवरण 

सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ४ की १११ वर्षीय रागिनी कुमारी महतोको बाढीका कारण खाल्डोमा जमेको पानीमा डुबेर असार २८ गते मृत्यु भयो । सिराहा नगरपालिका वडा नम्बर १५ सुखचैनाका १५ वर्षीय बलि साह पानी जमेको पोखरीमा असार २९ गते बेपत्ता थिए । असार ३१ गते पोखरीमा उनको शव फेला पर्‍यो ।

असार २९ गतेकै दिन सिरहा नगरपालिका वडा नम्बर १७ पटेर्वा कमला बाँधस्थित खोलामा बालुवाले पुरिएको अवस्थामा अन्दाजी २५ वर्षकी तराई एक महिलाको शव फेला पर्‍यो । उक्त शवको सनाखत हुन बाँकी नै रहेको प्रदेश प्रहरी प्रवक्ता महतोले बताए ।

असार २९ गते नै सिरहाको मिर्चैया नगरपालिका ४ बस्ने ५ वर्षीया प्रियंका साहको पुरानो पोखरीको खाल्डोमा डुबेर मृत्यु भयो । असार २९ गते नै सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ चन्द्रगाढास्थित सुमो एजुकेसन बोर्डिङ स्क्ूलमा कार्यालय सहयोगीको रूपमा कार्यरत रहेका ६५ वर्षीय शोभितबहादुर कटुवालको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

असार २८ गते धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ स्थित खाल्डोमा जमेको पानीमा अन्दाजी ६५ वर्षीय पुरुषको शव बरामद भयो । उनको शनाखत हुन बाँकी नै छ ।

त्यसैगरी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ इनर्वामा स्थानीय प्रमोद यादवको रक्सी भट्टी पसलको छेउमा अन्दाजी ३५ वर्षको एक पुरुषको शव असार २८ गते फेला परेको छ । उनको पनि हालसम्म शनाखत हुन सकेको छैन ।

असार २८ गते नै धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ स्थित उत्तरबहिनीमा कुट्टी बनाएर बसिरहेका सिरहा कर्जन्हा नगरपालिका १ का अन्दाजी ७५ वर्षीय भोला साह उक्त कुट्टी सहित बगेकोमा हालसम्म बेपत्ता नै छन् । त्यसैगरी गणेशमान चारनाथ नगरपालिका ६ स्थित कमला खोलाको किनारमा पहिचान खुल्न नसकेका अन्दाजी १८ महिनाका एक बालकको शव फेला परेको छ ।

त्यसैगरी धनुषाको धनुषाधाम नगरपालिका ४ सरसा रामपुरका ६५ वर्षीय बिपत्तिया चमारको असार ३० गते शव फेला परेको छ । बालुवा खोला तर्ने क्रममा खोलाले चमारलाई बगाएकोमा खोलाको किनारमा मृत अबस्थामा शव फेला परेको हो । असार ३० गते धनुषाकै मुखियापट्टि मुसहरनिया गाउँपालिका ६५ वर्षीय सियाराम यादवको शव पानी जमेको खाल्डोमा डुबेको अवस्थामा फेला परेको छ।

यसैगरी महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ४ स्थित रातो खोलाले बगाई ल्याएको अन्दाजी १५ महिनाका एक बालकको पहिचान खुल्न नसकेको अवस्थामा असार २९ गते शव फेला परेको छ । असार २७ गते महोत्तरीको बलवा नगरपालिका वडा नम्बर २ बर्दियाका ७० वर्षीय हमिद मियाको मृत्यु भएको छ । रातो खोला तर्ने क्रममा खोलाले उनलाई बगाएको थियो ।

त्यसैगरी असार २९ गते महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ८ स्थित बज्राहीमा रहेको कलभर्टमा दुईजना बालक बगेका थिए । बगेर गएका बालकहरूमध्ये जलेश्वर वडा नम्बर ८ का मनोज ठाकुरका १२ वर्षीय छोरा प्रशान्त ठाकुरको शव फेला परेको छ भने उनी सँगैका अर्का एक जना बालक महोत्तरी पिपरा गाउँपालिकाका मनोज ठाकुरका १३ वर्षीय भाञ्जा युवराज ठाकुर हालसम्म बेपत्ता नै छन् । मनोजका छोरा र भाञ्जा कलभर्टमा परेर बगेको अवस्थामा उनको छोराको शव बरामद भएपनि भाञ्जाको अवस्था हालसम्म अज्ञात नै छ ।

असार ३० गते महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर १ का इस्लाम नदाफका ५ वर्षीय छोरा इन्ताज नदाफ र खुदादीन नदाफका ६ वर्षीय छोरा अजरुद्दीन नदाफको मृत्यु भएको छ । दुवै जना बालकको आफ्नै घरको अगाडी कलभर्ट तर्ने क्रममा चिप्लिएर खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।

त्यसैगरी सर्लाहीको कोडैना गाउँपालिका वडा नम्बर ५ का गफार खानका २ वर्षीय छोरा ऐयान खानको घर नजिकै रहेको पानीमा डुबेर असार ३० गते मृत्यु भएको छ । 

रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ६ धरमपुरकी अन्दाजी ५० वर्षीय आनन्द देबी राय बेपत्ता छन् । असार २७ गते बाग्मती नदीमा दाउरा टिप्न जाँदा उनलाई बाढीले बगाएकोमा हालसम्म फेला पार्न सकिएको छैन । रौतहटकै दुर्गा भगवती गाउँपालिका वडा नम्बर ४ का ४० वर्षीय वीरेन्द्र मिश्रको शव २९ गते बरामद भएको छ । असार २८ गते बिहान शौचालय गर्न जाँदा उनी सम्पर्कविहीन भएका थिए । असार २९ गते बिहान पचरुखीदेखि छतौना जाने बाटोको कलभर्टमा मिश्र मृत अवस्था फेला परेका थिए ।

असार २८ गते रौतहटको इशानाथ नगरपालिका वडा नम्बर १ मा भारतीय नागरिक ३५ वर्षीय हरिन्द्र यादवको मृत्यु भएको छ । भारतको  शिवहर सिमनपुरका भारतीय नागरिक यादव छतमाथि शौच गर्न जाँदा छतबाट लडेर उनको मृत्यु भएको हो । रौतहटकै यमुनामाई गाउँपालिका वडा नम्बर १ की २५ वर्षीय गायत्री देवी साहलाई सर्पले टोकेका कारण मृत्यु भएको हो । असार २८ गते डुबान सनागी आएका विषालु सर्पले टोकेका कारण उनको तत्कालै मृत्यु भएको थियो ।

असार २९ गते रौतहटको गौर नगरपालिका ३ का उमेश राउतलाई पानीले बगाएपछि मृत्यु भएको छ । गौर नगरपालिका वडा नम्बर ३ मजकुटियाका ४० वर्षीय  शिव मंगल राउतको पनि टिकुलिया नदीमा डुबेर असार २८ गते मृत्यु भएको हो ।

असार २८ गते रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ को फतुवा टोलका ३५ वर्षीय सोनेलाल साह सोनार भारतको बैरगनीयबाट घर आउने क्रममा सम्पर्क बिहिन भएका थिए । प्रहरीले उनको खोज तलास गर्ने क्रममा गौर नगरपालिका वडा नम्बर २ स्थित सशस्त्र प्रहरीको बेसक्याम्प अगाडि असार ३० गते उनको शव बरामद भएको हो ।

रौतहटकै ब्रिन्दावन नगरपालिका वडा नम्बर ४ स्थित बाटोमा जमेको पानीमा डुबेको अवस्थामा रहेका रौतहटकै गढीमाई नगरपालिका वडा नम्बर १ प्लान टोलका विरेन्द्र रामका ९ वर्षीय छोरा रवि राम र रामबाबु रामका ९ वर्षीय छोरा परमेश्वर रामलाई प्रहरीले असार ३० गते उद्धार त गरे । तर, उपचारका लागि गरुडास्थित अस्पताल लैजाँदै गर्दा बाटोमा नै दुवै बालकको मृत्यु भएको थियो ।

रौतहटकै रजदेवी नगरपालिका ८ का राजेश राय यादवका २ वर्षीय छोरा सिद्धान्त राय यादवको असार ३० गते मृत्यु भएको छ । घर पछाडि खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।

रौतहटकै कटहरिया नगरपालिका वडा नम्बर २ जमुनियाका राज मोहम्मदका ५ वर्षीय छोरा सफन मोहम्मदको असार ३१ गते घर नजिक खेतमा रहेको जमेको पानीमा डुबेर मृत्यु भएको छ । 

असार २८ गते बाराको कलैया उपमहानगरपालिका १३ बलिरामपुरका १० वर्षीय अञ्जित साहको खाल्डोमा जमेको पानीमा लडेर डुबी मृत्यु भएको छ । 

असार २७ गते बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ९ का १८ महिने बालक बिकी यादवको घर पछाडि रहेको नालामा डुबेर मृत्यु भएको छ ।

असार २८ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का १५ वर्षीय अनुप पटेलको बाढी हेर्न जाने क्रममा खोलाले बगाएर मृत्यु भएको छ । पर्साकै पर्सागढी नगरपालिकाका १० वर्षीय निखिल पटेलको सिंग्याही खोलामा दाउरा छान्ने क्रममा बगेर असार २७ गते मृत्यु भएको छ ।

पर्साकै वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया छोटी भन्सारका ५० वर्षीय दुर्गा साहको मृत्यु भएको छ । असार २९ गते शौचालय गएको बेला खुट्टा चिप्लिएर सिर्सिया खोलामा बगेका साहको शव नेपाल–भारत सिमाना रहेको उक्त खोलाकै छेउमा फेला परेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x