सस्तो भयो टेलिकमको पोस्टपेड

साउन १, २०७६

काठमाडौं– नेपाल टेलिकमको टेलिफोन जडान सस्तो भएको छ ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै नेपाल टेलिकमको स्थानीय टेलिफोन जडान र पोष्टपेड मोबाइल सस्तो भएको हो ।


ADVERTISEMENT

आर्थिक विधेयक, २०७६ को दफा १४ उपदफा १मा भएको व्यवस्था अनुसार उक्त मूल्य सस्तो भएको नेपाल टेलिकमले जानकारी दिएको छ ।

आर्थिक विधेयक २०७६मा टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत ५ सय  रुपैयाँ मात्र लिने व्यवस्था भएकाले स्थानीय टेलिफोन (एसटीएन) तथा पोष्टपेड मोबाइल पहिले भन्दा कम दरमा उपलब्ध हुने टेलिकमको भनाई छ ।

नेपाल टेलिकमले बुधवार (साउन १) देखि नै कार्यान्वयनमा आएको जानकारी दिँदै अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिने जानकारी दिएको छ ।

यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय रुपैयाँ र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ लागदै आएको थियो । 

आर्थिक विधेयकको कार्यान्वयनसँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको टेलिकमले जानकारी दिएको छ । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क लागदै आएकोमा बुधवारदेखि ६ सय ७८ रुपैयाँ मात्र लाग्ने टेलिकमले जानकारी दिएको छ ।
 

साउन १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस