कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरिएको छ । नगरका जनप्रतिनिधि, राजनीतिक दल, व्यवसायिक तथा सामाजिक संघ—संस्था, आमा समूह, युवा क्लव, टोल विकास संस्था, सहकारी, वन, विद्यालयका प्रतिनिधिका साथै सरोकारवालाहरु सहभागी कार्यक्रममा प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री घनश्याम भुसालले बुधबार नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरे । उनले सहभागीहरुलाई प्लाष्टिक झोला प्रयोग नगर्ने संकल्प गराए ।
नगरपालिकाले २०७५ वैशाख १ गतेबाट प्लाष्टिक झोला निषेधित अभियान सञ्चालन गर्दै आएको थियो । प्लाष्टिक झोलासँगै नगरपालिकाले प्लाष्टिकका कप, प्लेट, चम्चा पनि निषेध गरेको हो । प्लाष्टिकको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकुल असर पारेकाले न्यूनीकरणको अभियान स्वरुप प्लाष्टिकका झोला, कप, चम्चा र प्लेटको बिक्री—वितरण, प्रयोग, आयात, निर्यातलाई निषेध गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।
नगरपालिकाले विकल्पमा कपडा, अल्लो, जुट वा अन्य वातावरणमैत्री वस्तुबाट बनेका झोला तथा वैकल्पिक साधन प्रयोग गर्न आग्रह गर्दै आएको छ । घोषणापूर्व सरोकारवालाहरुसँग पटक—पटक छलफल, अन्तरक्रिया गरेको नगरपालिकाले अब प्लाष्टिक झोलाको विक्री—वितरण रोक्न कडाइका साथ बजार अनुगमन गरिने जनाएको छ । नगरपालिकाले यस सम्बन्धमा पटक–पटक सार्वजनिक सूचना जारी गर्नुका साथै माइकिङसमेत गर्दै आएको छ । नगरपालिकाको आग्रहमा विभिन्न संघ—संस्था, सहकारी, टोल विकास संस्थाले नगरबासीलाई कपडाको झोला वितरण गर्दै आएका छन् ।
घोषणा कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुसालले प्लाष्टिक निषेधित अभियान राष्ट्रिय महत्वको विषय भएकाले समग्र नेपालनैं कुनै एउटा समयमा प्लाष्टिक झोलामुक्त हुने विश्वास व्यक्त गरे । प्लाष्टिक मानव स्वास्थ्यका लागि घातक हो भन्ने प्रमाणित भैसकेको सन्दर्भमा त्यसलाई हटाउने अभियान तिलोत्तमाबाट सुरु हुनु सुखद् भएको चर्चा गर्दै उनले यसको अनुसरण अरुपालिकाहरुले पनि गर्नुपर्नेमा जोड दिए ।
यस्तै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले अभियान चलाइएसँगै प्लाष्टिक झोलाको प्रयोगमा कमी आएको उल्लेख गर्दै सबैले प्रण गर्दा अभियान पूर्णतः सफल हुने बताए । यस्तै प्रदेश सांसद दधिराम न्यौपानेले नगरबासीको इच्छाशक्तिबाटै प्लाष्टिक झोलामुक्त गर्न संभव रहेको बताउँदै यसलाई नगरपालिकाले दृढताका साथ कार्यान्वयन गराउनुपर्ने बताए । नगर उपप्रमुख जागेश्वरी चौधरीले प्लाष्टिक सडेर वा गलेर नजाने र जलाउँदा पनि वायु प्रदुषण हुनेभएकाले यस्को नियन्त्रण अपरिहार्य भएको बताए ।
अभियान सुरु भएको पन्ध्र महिनामा भए—गरेका कामको बारेमा जानकारी गराउँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले यो अभियान नागरिकप्रतिको विश्वास र जनमतको सम्मानको जगमा आएको उल्लेख गरे ।
बीस वर्ष पहिलेसम्म व्यापारीले कागजको थुङ्गामा सामान दिने गर्दथे । प्लाष्टिक झोलाको प्रयोग अत्यन्त न्यून थियो । तर पछिल्ला वर्षहरुमा प्लाष्टिक झोलाको प्रयोग यत्ति बढेको छ कि फोहोरमैलाको प्रमुख कारण यहीँ नै बनेको छ । नकुहिने फोहोरमैलामा प्लाष्टिक अग्रस्थानमा छ । प्लास्टिक झोलाको बढ्दो प्रयोगसँगै पानीको स्रोत, जमिन, वायु प्रदूषण, चौपाया तथा खेतीमा हानि पुर्याउने जस्ता समस्या भित्रिएका छन् ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...