×

NMB BANK
NIC ASIA

बाढी पीडितका डरलाग्दा समस्या - के खाने, कहाँ सुत्ने ?

साउन २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - घरको चुलो गजगजे हिलोले पुरिएका, सामान हिलोले लतपतिएका र भिजेको एक पोको चामल घाम लागेको मौका छोपेर आँगनको ओभानो भागमा सुकाइएको थियो ।

Muktinath Bank

यो दृश्यमा बुधबार अपराह्न बाढीले पुरेका भाँडाकुँडा र खाद्यान्न पाइन्छ कि भनेर मझेरी खोतल्दै हुनुहुन्थ्यो सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ का त्रिभुवन मिश्र । बाढीले बगाउनबाट जोगिएका सामान बचेको छ कि भन्ने आशले उहाँ पाँगोले भरिएको मझेरी खोतल्दै थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रीमती श्यामादेवीले उनलाई सघाउँदै थिइन् । तीन दिन भूजाको भरमा बसेका मिश्र दम्पतीले बाढीबाट बचेको अन्न पकाएर बुधबारदेखि सामान्य पेट भर्न थालेका छन् । उनको घरभित्र भरिएको पाँगो माटो देख्दा जो कोहीको मन भक्कानिन्छ । मिश्र परिवारमा यो समस्या भएको पहिलो भने होइन । उनी भन्छन्, 'समस्या मेरो २०औँ वर्षदेखि यही कुरा छ, राजाको पालादेखि अहिलेसम्म समस्यैसमस्या, अब हामी कसरी बच्ने ?' उनको मनको वह अझै रोकिएन ।


Advertisment
Nabil box
Kumari

'म बर्बाद् छु बर्बाद्, सबै सम्पत्ति हेर्नुस्, धानचामल छैन, भोलि के खाने, अहिलेसम्म सरकारको राहत पाएको छैन ।' विडम्बनाको कुरो त हरेक वर्षजसो नै उनी पीडित बनेका छन् । आएको राहत टाठाबाठाले मात्रै कुम्याउँछन् । उनका अनुसार कमजोर र गरीब परिवारले राहत पाउनै मुस्किल छ ।

Vianet communication
Laxmi Bank

'अरु साल पनि राहत आउँथ्यो, उनीहरुकै मान्छे राख्छन्, बाँडीचुँडी खान्छन्, हामीले केही भेट्दैनौँ,' मिश्रले विगतको अनुभवसहितको पीडा पोखे । यहाँका धेरै बस्तीमा यस्तै पीडा छ । खाने र बस्नेको ठाउँ ठेगान छैन, कतिबेला बाढी आउने भन्ने चिन्ता उस्तै छ ।

असार २७, २८ मा ज्यान बचाउन गरेको सङ्घर्ष झल्झल्ती सम्झन्छन् पीडितहरु । घर ओभाने बनेको छैन । खाने अन्न छैन, लगाउने कपडा छैन, बस्ने बास छैन, रातमा निद्रा छैन । स्थानीय सत्यनाथ मिश्र भन्छन्, 'अहिलेको अवस्था एकदम बिग्रेको छ, सबैको घरमा पानी नै पानी छ, जग्गा जमीन पुरिदिएको छ, खाना पकाउन सकिएको छैन र सरकारको कुनै सुविधा आएको छैन ।'

गाउँ भएर खाँडो खोला बग्छ । अविरल वर्षाका कारण केहीमाथि कटान गरेर खाँडो खोला बस्तीतर्फ सोझिएर क्षणभरमै बस्तीमा हावाकावा बनायो । खेतीयोग्य जमीन पुरेको छ । धानको बीउ सखाप पारेको छ । तिलाठी–कोइलाडीका महेश्वर झा खाँडो खोलाले कृषिमा ठूलो क्षति पु¥याएको बताउँछन् । 'बीउ जति थियो, त्यो बगिहाल्यो, अब किसानसँग बीउ नै छैन, धान कसरी फल्छ ?' झा प्रतिप्रश्न गर्छन् ।

घर भत्किएको र भाँडाकुँडा बगाएर पीडित बनेका स्थानीय बाढीको डर कम भए पनि गाँस, बास र कपासको जोहो गर्ने पीडा थपिएको बताउँछन् । साल्ट ट्रेडिङका पूर्वकर्मचारी शतिशचन्द्र झाले खेतीयोग्य जमीन बगर बनेको र बीउ हिलोले पुर्दा किसानलाई ठूलो मर्का परेको बताए । 'पक्की घर बच्या छ, अरु बच्या छैन, चाँडोभन्दा चाँडो यो खाँडो खोलाको बाँध बन्नु प¥यो, अनि ढुक्कसँग निद्रा लाग्छ ।’ झाले गाउँको अवस्था बताए ।

सप्तरीमा मानवीय क्षति नभए पनि बस्ती र खेतीबालीमा ठूलो क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चार हजार ५ सय घरपरिवार प्रभावित भएको बताए । उनले राहत वितरणको काम जारी रहेको भन्दै छुटेका भए खोजेर वितरण गर्ने बताए । उनले यहाँको केही स्थान अझै डुबानमा रहेको जानकारी दिए ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायत सरकारको उच्चस्तरीय टोलीले बुधबार सोही ठाउँमा गएर स्थलगत अवलोकन गरी पीडितको अवस्थाबारे जानकारीसमेत लिएका थिए । सप्तरीको यो प्रतिनिधि समस्या तराईमा बाढी र डुबान पीडितको यथार्थ चित्रण हो । रौतहट, धनुषा, सिराहालगायत जिल्लामा योभन्दा बढी पीडा छ ।

बाढी र डुबानको पीडा कम भए पनि घरवारविहीन भएका र खाने अन्न नभएका सर्वसाधारणको अवस्था भने अझै चुनौतीपूर्ण छ । उनीहरु राहतको पर्खाइमा छन् । कतिपय स्थानमा राहत वितरणको काम तीव्र छ भने कतिपय ठाउँमा पुग्न नसकेको यो तथ्यले पुष्टि गर्छ ।

स्थानीय गाउँपालिकाको सक्रियतामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा स्थानीय समुदाय खाँडो खोलाले भत्काएको स्थानमा अस्थायी ड्याम बनाउनमा व्यस्त छन् । यहाँका नदी, खोलानालाले धेरै ठाउँमा भत्काएकाले स्थानीयका प्रयास सम्भव हुने देखिँदैन ।

लामो दूरीका सडक सञ्जाल विच्छेद भएकाले त्यसको पुनःनिर्माण टड्कारो आवश्यकता छ । प्रदेश नं २ को विवरणअनुसार यहाँका आठ जिल्लामा ३२ जनाको मृत्यु भएको छ । रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् । प्रदेश नं २ मा एक लाख १८ हजार घरका सात लाख व्यक्ति प्रभावित छन् । तीन हजार ६ सय ५० घरमा पूर्ण क्षति पुगेको छ ।

लालबकैया, कमला र वाग्मतीलगायत साना खहरे खोलाले ठूलो क्षति पु¥याएको छ । अर्थका कारण राहतमा कुनै कमी हुन नदिने उल्लेख गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको हरेक जिल्लामा तत्कालका लागि रु १० लाखका दरले राहत उपलब्ध गराएको र मृतक परिवारलाई प्रतिमृतक रु तीन लाखका दरले राहत दिने निर्णय गरेको जानकारी दिए ।

राहत वितरण कसरी भइरहेको छ भनेर हेर्ने संयन्त्र नहुने हो भने वास्तविक पीडितले राहत नपाउने गुनासो स्थानीयको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यसपटक आँकलन गरिएको भन्दा बेग्लैरुपमा बाढी र डुबान भएको बताउँछन् ।

गृह मन्त्रालयका राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको विवरणअनुसार असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको, २९ हराइरहेका र ४१ घाइते भएका छन् । विपत्मा परेर सबैभन्दा बढी रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् । ललितपुर र सिराहामा छ÷छ तथा मोरङ, भोजपुर, धनुषा, मकवानपुर र सिन्धुलीमा पाँच÷पाँच जनाले ज्यान गुमाएका छन् ।

ओखलढुङ्गा, महोत्तरी र डोल्पामा चार÷चार तथा झापा, खोटाङ, पर्सा, काभ्रेपलाञ्चोक र काठमाडौँमा तीन÷तीन जनाको मृत्यु भएको छ । यस्तै सुनसरी, बारा, धादिङ र दाङमा दुई÷दुई, इलाम, पाँचथर, सङ्खुवासभा, उदयपुर, सर्लाही रामेछाप, पाल्पा र कपिलवस्तुमा एक÷एक जनाको मृत्यु भएको जनाइएको छ । नारायण ढुंगाना/रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x