×

NMB BANK
NIC ASIA

पूर्व राजदूत झा हत्याकाण्ड : कहाँ पुग्यो अनुसन्धान, किन पत्ता लागेन हत्यारा ?

साउन ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पूर्व राजदूत केशव झाको हत्या भएको झण्डै एक वर्ष बित्न लाग्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । हत्या भएको ११ महिना बितिसकेको छ, तर पनि उक्त ‘हाइप्रोफाइल हत्याकाण्ड’ को रहस्य सुल्झिन नसकेको हो ।

Muktinath Bank

२०७५ भदौ ४ गते आफ्नै घरमा बसिरहेको अवस्थामा पूर्व राजदूत झाको हत्या भएको थियो । ८० वर्षीय झाको बन्द कोठामा पुगी छुरी रोपेर हत्या भएको थियो । प्रहरीले घटनालगत्तै अनुसन्धानका लागि सुरक्षा गार्ड ४८ वर्षीय कान्छाराज तामाङ, माली ५३ वर्षीयआइतेसिंह तामाङ र ५६ वर्षीय जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस हत्याकाण्डको अनुसन्धानमा प्रहरीको तालिमप्राप्त कुकुर समेत असफल भएको स्रोतको दाबी छ । 


Advertisment
Nabil box
Kumari

कुकुर असफल भएकै हो त ?

Vianet communication
Laxmi Bank

घटना भएलगत्तै प्रहरीले अनुसन्धानमा ‘जर्मन सेफर्ड म्याक्स’ कुकुर प्रयोग गरेको थियो । 

कुकुरले घरभित्रै हत्या भएको तर्फ संकेत गरेपछि माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई प्रहरीले पोलियोग्राफदेखि नार्को (औषधिले लठ्ठ पारेर प्रश्न सोध्ने विधि) बाट अनुसन्धान गर्‍यो, तर उनीहरूले ‘क्लिन चिट’ पाए ।

कुकुरले पनि सबै ‘क्राइम सीन’मा हत्यारा पत्ता लगाउन नसक्ने पूर्व एआईजी जयबहादुर चन्द बताउँछन् ।

‘सबै अपराधमा कुकुरले हत्यारा पत्ता लगाउँछ भन्ने छैन । कुकुरले पत्ता लगाउनका लागि क्राइम सीनका लागि निश्चित सीमा क्षेत्र हुन्छन्,’ पूर्व एआईजी चन्दले भने ।

‘कुकुरले सुँघेर पत्ता लगाउने हो । पानीले ‘क्राइम सीन’ रुझेको अवस्थामा, ‘क्राइम सीन’मा कुकुर प्रयोग गर्न ढिला भएको अवस्थामा पनि पत्ता लागाउन गाह्रो हुुन्छ,’ उनले थपे, ‘केशव झाको ‘क्राइम सीन’ त्यस्तो अवस्थामा थिएन तर पनि पत्ता लगाउन सकेन । प्रहरीले अनुसन्धान गर्दै होला । आशा गरौं अपराधी पत्ता लगाउला ।’

के भन्छ प्रहरी ?

‘कतिपय अवस्थामा अपराधी पत्ता लगाउन समय लाग्ने हुन्छ । हामीले नेपालमा भएका सबै प्रविधिको प्रयोग गरेका छौं, चाहे त्यो ‘म्यानुअल्ली’ अथवा ‘अटोमेटिकल्ली’ किन नहोस् । प्रविधिको पनि प्रयोग गरेका छौं,’ पूर्व राजदूत झाको हत्याबारे अनुसन्धान गरिरहेका काठमाडौं परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) होबिन्द्र बोगटीले लोकान्तरसँग भने ।

उनले थपे, ‘कतिपय हत्या अलि सम्वेदनशील हुन्छन् । तिनलाई पत्ता लगाउन समय लाग्छ । हामी सुक्ष्म तरिकाले अध्ययन गरिरहेका छौं, छिट्टै हत्यारा पत्ता लगाएर सार्वजनिक गछौं,’ डीएसपी बोगटीले भने ।

के छ अवस्था ?

२०७५ भदौ ४ गते केशव झाको हत्या भएपछि प्रहरीले सेक्युरिटी गार्ड कान्छाराज तामाङ, माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङमाथि आशंका गर्दै पोलियोग्राफ र नार्को समेत गर्‍यो, तर उनीहरूले ती परीक्षणमा क्लिन पाए ।

सेक्युरिटी गार्ड कान्छाराज तामाङलाई ललितपुरको पाटन अस्पतालमा लगी नार्को विधिबाट सोधपुछ गरिएको थियो ।

छोरी राजश्री नेपाल बाहिर हुनु र छोरा बुहारीलाई बिदाइ गरेको २४ घण्टा बित्न नपाउँदै झाको हत्या हुनु संयोग मात्र हो या नियोजित भन्ने विषयलाई जोडेर पनि प्रहरीले अनुसन्धान गर्‍यो, तर परिवारभित्रै गरिएको अनुसन्धानले समेत कुनै निकास दिन सकेन ।

परराष्ट्र सेवामा ३४ वर्ष व्यतित गरेका झा फ्रान्सका लागि २४ मार्च १९९३ देखि ३१ डिसेम्बर १९९७ सम्म नेपाली राजदूत थिए । 

उमेरले ८० पुगिसकेको भए पनि पछिल्लो समय पनि उनी सामाजिक कार्यमा सक्रिय थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x