×

NMB BANK
NIC ASIA

काठमाडौं –मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीवार कुनै समूहको 'दाउपेच' र 'शक्ति सञ्चय'का लागि सरकारले वार्ता नगर्ने स्पष्ट पारे । 

Muktinath Bank

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा हिंसा छाडेर वार्तामा आए स्वागत गर्ने तर हिंसाले वैधता पाउने गरी वार्तामा बस्न सरकार तयार नरहेको बाँस्कोटाको कथन थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले 'विप्लव' नेतृत्वको नेकपालाई हिंसा छोड्न आग्रह गर्दै वार्तासम्बन्धी सरकारको आधिकारिक धारणा स्पष्ट पारेको ३ घण्टामै सुदूरपश्चिमको अस्थायी राजधानीको धनगढीको शहीद गेटस्थित निलम होटलमा बम विष्फोट भयो ।


Advertisment
Nabil box
Kumari

साँझ पौने ७ बजे भएको बम बिस्फोटमा परी १ जनाको ज्यान गएको छ । मृतक रामबहादुर सिंह विप्लव नेतृत्वको नेकपाकै कार्यकर्ता रहेको पुष्टि भइसकेको छ ।

Vianet communication
Laxmi Bank

आक्रोशको 'आत्मघाती व्यवस्थापन'

सरकार जति आक्रामक बन्दै जान्छ, त्यति मात्रामा सरकार र सुरक्षा निकायलाई 'देखाइदिनुपर्ने' मान्यतामा विप्लव नेतृत्वको नेकपा रहेको देखिन्छ । आफ्ना कार्यकर्ताहरूको गैरन्यायिक हत्या भएको भन्दै पछिल्लो समयमा विप्लव नेकपा रुष्ट भएको छ । तर विप्लव नेकपाले आफ्नो आक्रोशलाई 'आत्मघाती व्यवस्थापन' गरेको वामपन्थी नेता हस्तबहादुर केसीको दाबी छ । 

'विप्लवका नेता कार्यकर्ताहरू प्राविधिक रूपमा सक्षम देखिएनन्,' केसीले भने, 'यीनीहरूले हतियारको प्रयोग र व्यवस्थापन 'आत्मघाती' तरिकाले गरिरहेका छन् । यसबाट जनतामात्र आतंकित बनाउने काम भएको छ । हतियारको प्रयोग यीनीहरूले आफ्नो रणनीतिक उद्देश्य प्राप्त गर्न गरेकै होइनन् । न त युद्धको घोषणा नै गरिएको हो । त्यसो हुन्थ्यो भने कुनै नेताको घरमा लगेर पड्काउन सक्थे, प्रहरी चौकी नजिक लगेर पड्काउन सक्थे । हतियारको व्यवस्थापनमा यीनीहरू सक्षम देखिएनन् ।' 

गत जेठ १२ गते राजधानीको विभिन्न ठाउँमा भएका बम विष्फोटमा ५ जनाको मृत्यु भएको थियो । मृत्यु हुने सबै विप्लव नेकपाकै कार्यकर्ता थिए ।

प्रहरीका अनुसार ती बमहरू बन्दका दिन बिहानै पड्काउने भनी तयार हुँदै थिए, त अघिल्लो दिन साँझ नै विष्फोट भए । उक्त घटनाको जिम्मेवारी विप्लव नेकपाले लिइसकेको छ । 

स्वयं महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले पार्टीको युवा संगठनका नेता तीर्थराज घिमिरेलाई सरकारले हत्या गरेको भन्दै आक्रोशपूर्ण विज्ञप्तिमार्फत जेठ १३ गतेको नेपाल बन्द सफल बनाउन आग्रह गरेका थिए । 

प्रहरीले घिमिरेलाई गिरफ्तार गरिसकेपछि दोहोरो भीडन्तका नाममा गोली हानेर हत्या गरेको विप्लव नेकपाको ठहर छ । त्यसपछि सर्लाहीमा कुमार पौडेल र भोजपुरमा निरकुमार राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएपछि मात्र गोली हानेर हत्या गरेको नेकपाको दाबी छ ।

आफ्ना कार्यकर्ता प्रहरीबाट मारिएपछि आक्रोश उत्पन्न हुनु स्वाभाविक हो, तर त्यसको प्रतिक्रिया जनाउने नाममा विप्लव नेकापाबाट 'आत्मघाती' जस्तै देखिने बम विष्फोट गराइनुलाई केसीकै भाषामा आक्रोशको 'आत्मघाती व्यवस्थापन' सिवाय केही होइन ।

ओलीलाई जिम्मेवार ठहर्‍याएको त्यो विज्ञप्ति  

शुक्रवार दिउँसो इञ्चार्ज 'निर्माण'का नाममा विप्लव नेतृत्वको नेकपाले एक विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी केपी ओलीको 'फाँसीवादी सरकार'ले लिनुपर्ने उल्लेख गर्‍यो ।

विष्फोटमा मृत्यु भएका रामबहादुर सिंहलाई एकीकृत जनक्रान्तिको महान् शहीद भएको घोषणा गर्दै विज्ञप्तिमा विष्फोटबाट सर्वसाधारणमा पर्न गएको असहजताप्रति दु:ख व्यक्त गरिएको छ । 

विज्ञप्तिले के प्रष्ट पारेको छ भने उक्त विष्फोटमा विप्लव नेतृत्वको नेकपाकै हात छ । मृतकलाई महान् शहीद घोषणा गर्ने र घाइतेको उपचारको व्यवस्था मिलाउने भन्दै आएको विज्ञप्तिमा ओली सरकारलाई जिम्मेवार ठहर्‍याइएपनि प्रतिबन्धित नेकपाबाटै विष्फोट भएको कुरामा दुईमत रहेन । 

विज्ञप्तिमा स्पष्ट रूपमा आत्मसुरक्षाका लागि बम बोकेको स्वीकार गरिएको छ । 

हेर्नुहोस् विज्ञप्ति : 

जनतामा आतंक फैलाउने समूह राजनीतिक हुन सक्दैन - प्रहरी प्रवक्ता 

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेल  विप्लव नेकपाको जनतालाई आतंकित तुल्याउने भन्दा अर्को कुनै उद्देश्य नरहेको दाबी गर्छन् । 

शुक्रवार लोकान्तरसँग कुरा गर्दै पोखरेलले भने, 'यीनीहरूले निर्वाध रूपमा यस्ता घटना घटाउन सकिरहेका छैनन् । लुकिछिपी गर्ने, आफ्नै कोठाभित्र पड्काउने र आफैंले बोक्दा बोक्दै विष्फोट गराएर जनता आतंकित गराउने यीनीहरूको नियत जस्तो देखिन्छ । जनता आतंकित गराएर कुनै खालको राजनीति हुन्छ जस्तो मलाई लाग्दैन ।' 

कुनै पनि ध्वंसात्मक र अवान्छित क्रियाकलापलाई नियन्त्रण गर्न प्रहरी प्रशासन आक्रामक हुनुपर्ने पोखरेलको दाबी छ । 'सुरक्षाका हिसाबले पनि कुनै ध्वंसात्मक क्रियाकलापलाई नियन्त्रण गर्न प्रहरी आक्रामक हुनैपर्छ,' पोखरेलले भने, 'हामीले त्यही अनुसार आफ्नो शक्ति परिचालन गरेका छौं । कानूनविपरीतका कुरा, समाजलाई आतंकित गर्ने कुरालाई हामीले आक्रामक ढंगबाट रोक्ने प्रयास नै गर्छौं । त्यही कारणले उनीहरू जनताका बीचमा गैर विष्फोट गराउने हैसियत राखेका छैनन् ।' 

पोखरेलका अनुसार विप्लव नेकपाका पछिल्ला गतिविधिहरू कुनै योजना र कार्यक्रमबिना जनतालाई आतंकित गराउने हिसाबले मात्र गरेको जस्तो देखिन्छ । 

आफैंपट्टि मात्र क्षति हुने गरेर गरिएका विध्वंसात्मक गतिविधिले अन्त्यमा उनीहरूलाई राजनीतिक र सुरक्षा दुवै हिसाबले घाटा पुग्ने पोखरेलको तर्क छ ।  

एकातर्फ वार्ता, अर्कोतर्फ विष्फोट !

एकातिर वार्तामा आउन सकारात्मक रहेको दाबी गर्ने र अर्कोतर्फ विष्फोटका घटनाहरू घटाइरहने क्रियाकलापले पछिल्लो समयमा जनताको केही सहानुभूति बटुलेको विप्लव नेकपाका लागि प्रत्युत्पादक हुने देखिन्छ । 

पार्टीका प्रभावशाली नेता तथा पोलिटब्यूरो सदस्य अनिल शर्मा 'विरही'ले लोकान्तरसँग सरकारले नियोजित रूपमा वार्ताको भ्रम फिंजाएको आरोप लगाएपनि आफू वार्ताका लागि कहिल्यै नकारात्मक नरहेको दाबी गरेका थिए । 

विभिन्न स्रोतहरू परिचालन गरेर सरकार र सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुवैले विप्लव नेकपासँग वार्ता प्रयास गरिरहेको दाबी गरेका छन् । यद्यपि सरकारको दाबी नियोजित र थप दमन गर्ने पूर्वतयारी भएको 'विरही'को दाबी छ । तर विप्लव नेतृत्वको नेकपाकै कतिपय अन्य नेताहरूले अनौपचारिक रूपमा सरकारले वार्ता प्रयास गरिरहेको स्वीकार गर्ने गरेका छन् ।

वार्ताका प्रसंगहरू चलिरहेको बेलामा भएको कैलाली विष्फोटले आम जनतामा नकारात्मक सन्देश फैलिएको छ । सत्तापक्षमै पनि विप्लव नेतृत्वको नेकपालाई हेर्ने दृष्टिकोणमा विविधता देखिएको यो अवस्थाले द्वन्द्व चाहनेहरूलाई प्रोत्साहित गरेको छ भने वार्तामार्फत शान्तिपूर्ण हलको पक्षमा कदम चाल्न खोजेकाहरूलाई निरुत्साहित गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x