×

NMB BANK
NIC ASIA

कर्णालीमा 'जनतासँग सभामुख' कार्यक्रम : सभामुख शाहीसँग जनताका गुनासै-गुनासा

साउन ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत - कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीसँग बराहतालका जनताले गुनासै गुनासो सुनाएका छन् । कर्णाली फाउण्डेसनले सुर्खेतको बराहतालमा आयोजना गरेको 'जनतासँग सभामुख' कार्यक्रममा उनीहरूले गुनासो सुनाएका हुन् ।

Muktinath Bank

कार्यक्रममा बराहताल - ५ की प्रतिभा मस्र्याङी मगरले ६ वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य बाढीपीडितको समस्या समाधान गर्न प्रदेश सरकारसँग आग्रह गरिन् । ‘अहिलेसम्म पनि हामीले पालमै बस्नुपरेको पीडा सरकारलाई सुनाइदिनुहोला,’ उनले भनिन्, ‘सरकार भएको महसुस गर्न चाँडै पाइयोस ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्की सहभागी खगीसरा बास्तोलाले कर्णालीमा विद्यमान छाउपडी प्रथाले कतिपय महिलाले जीवन गुमाउनु गरेको भन्दै छाउपडी अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।  स्थानीय जनज्योती माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद सिग्देलले ३० बर्ष अघि बराहताल आउँदादेखि यहाँका बस्तीहरू अस्थायी पूर्जाको भरमा बसोबास गरिरहेकोले सरकारले स्थायी पूर्जाको व्यवस्था गर्नु पर्नेमा जोड दिए ।


Advertisment
Nabil box
Kumari

स्थानीयबासीले राखेका जिज्ञासाको जवाफमा सभामुख शाहीले कानून बनाएर मात्र नहुने भएको कार्यान्वयनका लागि सबै पक्ष जिम्मेवार हुनु पर्नेमा जोड दिए ।

Vianet communication
Laxmi Bank

कानूनहरू निर्माण भए पनि कार्यान्वयन फितलो भएकोले नागरिकले न्यायको अनुभुती गर्न नसकेको उनको भनाई छ । ‘कानूनहरू प्रभावकारी कार्यान्वयन गर्न नागरिकको सहभागिता जरुरी छ’ उनले भने, ‘जनताले मैले बनाएको कानून हो भन्ने महसुस गर्न सके मात्र कार्यान्वयन पनि प्रभावकारी हुन्छ ।’ कर्णाली प्रदेश सभाले नागरिकको सहभागितामा कानून बनाउने प्रयास गरेको उनले बताए ।  

समाजका विभिन्न सबै खालका समस्या समाधान गर्न आवश्यक कानून निर्माण र त्यसको कार्यान्वयनका लागि सहजीकरण गर्न प्रदेश सभाले पहल गरिरहेको सभामुख शाहीले बताए । ‘जनताका समस्या धेरै छन्’ उनले भने, ‘सबै समस्या समाधान गर्न आवश्यक कानून निर्माण गर्न प्रदेश सभामा पहल भई रहेको छ ।’ कतिपय कानून निर्माण भए पनि कार्यान्वयनको अभावमा समस्या भईरहेको उनले बताए । बाढीपीडितका समस्या समाधान गर्ने गरी सरकारलाई आवश्यक प्रक्रिया बढाउन प्रदेश सभाले निर्देशन दिएको उनको भनाई छ ।

सरकारको कानून निर्माणमा नागरिक सहभागिता बढाउने उद्देश्यले जनतासंग सभामुख कार्यक्रम आयोजना गरिएको भन्दै कर्णाली फाउण्डेसनका अध्यक्ष नारायण प्रसाद भट्टराईले जनताको सहभागिताा निर्माण गरिएका कानून कार्यान्वयनमा सहज हुने बताए । सरकार र संसदमा नागरिकको पहुँच बढाउन कार्यक्रम आयोजना गरिएको उनको भनाई छ । ‘लोकतन्त्रमा सरकार र संसदका काम कार्वाही नागरिकले थाह पाउनु पर्दछ’ उनले भने, ‘कानून निर्माण प्रक्रियामा नागरिक सहभागिता हुन सके मात्र कानून कार्यान्वयन प्रभावकारी हुन सक्दछ ।’

कार्यक्रममा युएनडिपीका कर्णाली प्रदेश प्रमूख रफिक सिद्धिकीले जनताले संसदीय अभ्यास थाह पाउन सके मात्र उनीहरूले सरकार आफ्नो भएको अनुभुती गर्न सक्ने भएकोले सरकारका गतिविधीमा नागरिकको सहज पहुँच पुर्‍याउनु पर्नेमा जोड दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x