×

NMB BANK
NIC ASIA

इरानको कब्जामा बेलायती तेल ट्यांकर, नछाडे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी

साउन ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - इरानले होरमुजको खाडी क्षेत्रमा बेलायतको एक तेल ट्यांकरलाई नियन्त्रणमा लिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

बेलायती विदेशमन्त्री जेरेमी हन्टले भनेका छन् कि यदि इरानले बेलायतमा दर्ता भएको तेल ट्यांकरलाई तुरुन्त छाडेन भने यसको गम्भीर परिणाम हुन सक्छ । यही बीचमा बेलायतले होरमुज खाडी क्षेत्र हुँदै हिंड्ने बेलायती पानीजहाजहरूलाई सावधान हुन निर्देशन दिइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्टेना इम्पेरो नामको तेल ट्यांकर जसलाई इरानले नियन्त्रणमा लिएको छ, उनको मालिकले भनेका छन् कि उनी आफ्नो जहाजसँग सम्पर्कमा छैनन् । जहाजमा जम्मा २३ मान्छे थिए र जहाज अहिले इरानतर्फ गइरहेको छ ।


Advertisment
Nabil box
Kumari

लाईबेरियामा दर्ता भएको एक बेलायती तेल ट्यांकरलाई पनि इरानले कब्जा गरेको थियो तर अहिले स्वतन्त्र रूपमा छाडिएको छ । इरानले कब्जामा लिएको द मेस्दार नामको जहाज पुनः सम्पर्कमा आएको जहाजका मालिकले बताएका छन् ।

Vianet communication
Laxmi Bank

आफ्नो जहाजलाई इरानले कब्जामा लिएपछि बेलायतको पानीजहाजसम्बन्धी समितिले दुईपटक आपतकालीन बैठक बसिसकेको छ । बेलायती सरकारका एक प्रवक्ताले भने, 'हाम्रो सरकार इरानको यस कारवाहीलाई लिएर चिन्तित छ र यसबाट आवतजावतमा रहेको अन्तर्राष्ट्रिय स्वतन्त्रतामाथि स्पष्ट चुनौती पैदा भएको छ । हामीले केही समयसम्मका लागि बेलायती जहाजहरूलाई हरामुज क्षेत्रमा नजान निर्देशन दिएका छौं ।'

जहाज कब्जामा लिएको कुरालाई इरान स्वयंले पुष्टि गरको छ । इरानको समाचार सेवा तसनीमको रिपोर्ट अनुसार इरानको बन्दरगाह र समुद्रसम्बन्धी एक संस्थाले भनेको छ, 'हामीलाई बेलायती तेल ट्यांकरमा केही समस्या रहेको सूचना प्राप्त भएको थियो, त्यही भएर हामीले हाम्रो सुरक्षाकर्मीहरूलाई जाँचका लागि उक्त जहाज अब्बास बन्दरगाह लैजाने निर्देशन दियौं ।'

उक्त रिपोर्ट अनुसार इरानले उक्त जहाजले नियम पालना नगरेकाले कब्जामा लिएको बताइएको छ । उक्त जहाजले जीपीएस बन्द गरेको थियो, बाटो बिराएको थियो र चेतावनीलाई नजरअन्दाज गरेको थियो ।

-एजेन्सीको सहयोगमा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x