मंसिर २०, २०८०
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
साउन ४, २०७६
जनकपुरधाम- 'जीवनमा बनाएको विभिन्न चित्रहरूको प्रदर्शनी गर्ने 'अरमान' यो बाढीका कारण टुट्यो । नदी-नाला, पहाड, हिमाल लगायत विभिन्न प्राकृतिक सौन्दर्यसँगै अन्य चित्रसमेत संकलन गरेर राखेको थिएँ । करीब १ सय ५० वटा जति चित्रहरू थियो । विगत दुई वर्षदेखि चित्रहरू प्रदर्शनी गर्ने योजना बनाएको थिएँ । तर, असार २८ गते परेको अविरल बर्षाका कारण घरमै पानी पसेर कार्टुनमा राखेको सबै चित्र भिजेर गल्यो । लामो समयदेखि आफैंले बनाएर राखेका चित्रहरू घरमा जोगाएर राखेको थिएँ, तर यो बाढीका कारण सबै सिद्धियो, सपना नै टुट्यो । एउटा त 'अरमान' थियो तर त्यो पनि पुरा हुन नसकेपछि जिन्दगीबाट नै बिरक्ती हुन थाल्यो ।'
यी भनाई जनकपुरको एक चित्रकार तथा पेन्टर गोपाल श्रेष्ठको हो । जनकपुरकै सबै भन्दा पुरानो र पहिलो चित्रकार रहेका श्रेष्ठ अहिले ८४ बर्षका भएका छन् । ८४ बर्षको उमेरमा उनले आफ्नो चित्र प्रदर्शनी गरेर जनकपुरवासीलाई देखाउने योजना विगत दुई वर्षदेखि बनाइरहेका थिए ।
तर अनुकुल नभएका कारण प्रदर्शनी गर्न सकेका थिएनन् । ‘यही वर्षको असोजतिर जसरी पनि प्रदर्शनी गरेर आफ्नो चित्र जनकपुरका मानिसलाई देखाउने जीवनकै ठूलो उद्देश्य थियो,’ श्रेष्ठले भने, ‘तर बाढीका कारण घरमा पानी पसेपछि कार्टुनमा प्याक गरेर राखेको सबै चित्र गल्यो ।’ उनी जनकपुरमा भाडाको घरमा बस्दै आएका छन् ।
काठमाडौंका श्रेष्ठ कसरी आए जनकपुर?
विक्रम संवत १९९२ सालमा काठमाडौंमा जन्मिएका श्रेष्ठ काठमाडौंकै ललितकला प्रतिष्ठानमा सामान्य चित्रकारी सिकेका थिए । त्यहाँ विभिन्न टोल-टोलमा चित्रकारहरूले चित्र बनाउने गरेको देख्दा उनलाई पनि चित्र बनाउने रुची जाग्यो । ललितकलामा तेजबहादुर चित्रकारले उनलाई ’वाटर कलर’ को पेन्टिङ गर्ने तरिका सिकाए । त्यसपछि उनी साथीहरूको संगतमा २००९ सालमा भारतको कलकत्ता काम गर्न भन्दै हिंडे । कलकत्ता पुगेर कारमा पेन्टिङ गर्ने काम पनि सिके ।
कामकै सिलसिलामा त्यहाँबाट उनी भारतको विहारको सीतामढीमा एउटा पसलमा आएर पेन्टिङको काम गर्न थाले । त्यहींबाट उनी जनकपुरमा काम गर्न भन्दै २०१४ सालमा आइपुगेका थिए । त्यतिबेला जनकपुरमा राम नारायण गुप्ताले जानकी आर्ट स्टुडियो संचालन गरेका रहेछन् । पानीवाला फोटो बनाउने र क्यामेरा समेतबाट फोटो बनाउने काम उक्त स्टुडियोले गरिरहेको थियो । तत्कालीन राजा महेन्द्रको जनकपुरमा सवारी हुने कार्यक्रमका लागि विभिन्न स्वागतद्वार तथा व्यानर आदि काम गुप्ताले ठेक्का लिएका रहेछन् । त्यही काममा गुप्ताले सीतामढीबाट श्रेष्ठलाई कामदारको रुपमा जनकपुर झिकाए ।
राजा महेन्द्र आउने कार्यक्रमका लागि ४० वटा जति स्वागतद्वार बनाइएको थियो । श्रेष्ठसँगै अन्य कामदारहरू पनि त्यस काममा लागेका थिए । तर त्यही बेला बमकाण्ड भयो । राजा महेन्द्रमाथि बम प्रहार भयो । जनकपुरमा स्थिति असामान्य बन्यो । भयभित माहौल थियो । त्यसैबीच श्रेष्ठ पनि भारतको सीतामढी फर्किन खोजेका थिए ।
उनलाई बोलाउने गुप्ताले भने जाने बेला काम गराएको पैसा नै नदिएपछि फर्किन सकेनन् । ‘म अत्यन्तै सोझो, एक्लो मान्छे थिएँ,’ गोपाल श्रेष्ठले भने, ‘ सीतामढी फर्किनका लागि बस भाडा समेत नदिएपछि जनकपुरमै बस्न बाध्य भएँ ।’ राम्रो कामदार भएकाले नजाओस् भन्ने गुप्ताले सोचेका रहेछन् ।
जनकपुरमा उक्त काम गर्दा तत्कालीन डीएसपी मान बहादुर राईले भने चिनेका थिए । उनैले ठिकै छ, अब जनकपुरमै बस र यहीं काम दिलाइदिन्छु भन्दै जनकपुरमा नै बस्ने खाने व्यवस्था मिलाइ दिए । त्यही डीएसपी साहेबले कहिले काहीं दिने गरेको पैसाले जनकपुरमा खान लाउन पुगेको थियो । अनि उनले आफ्नै काम गर्नुपर्छ भन्दै काम खोज्दै जाँदा २०१६ सालमा त्यति बेलाका उद्योगपति दिना मारवाडीको चिया कम्पनी ‘टाईगर टी’मा काम पाए । चियाको प्रचारका लागि फ्रेन्जर छाप्ने, चियाको प्लेट छाप्ने जस्तो स्क्रीन पेन्टिङको काम गर्न थाले ।
स्क्रीन पेन्टिङको कामका लागि अहिले भेटिने जस्तो केमिकल भेटिदैन थियो । उनले आफैं कुखुराको अन्डाको केमिकल बनाएर मैदा छान्ने जालीबाट स्क्रीन पेन्टिङको काम शुरु गरेका थिए ।
जनकपुरमै अर्को मारवाडी राधा गोयन्काले संचालन गरेको गोयन्का यातायात कम्पनीको विभिन्न बसमा पेन्टिङको काम पनि उनले पाए । उनले जनकपुरको सित्ताराम गौशालामा आफ्नै नामले गोपाल आर्ट पनि खोले । २०१९ सालमा जनकपुर चुरोट कारखानाको आयोजना शुरू भइरहेको थियो । २०२१ सालमा कारखानाको उद्घाटन भएपछि उनले कारखानाको चुरोटको स्क्रीन प्रिन्टिंगदेखि विभिन्न ठाउँमा वाल-पेन्टिङ, लगायतको काम पाएपछि जनकपुरमा राम्रै तरिकाले बस्ने वातावरण बन्यो ।
दिना मारवाडीकै चामल कम्पनी ‘अन्नपुर्ण चामल’ कम्पनीको लागि चामलको बोरामा कम्पनीको नाम लेख्ने जस्ता काम पनि उनले पाएका थिए । ‘चुरोट कारखानाबाट बर्षमा डेढदेखि दुई लाख रुपैयाँ सम्म कमाई हुने गर्थ्यो,’ श्रेष्ठले भने, ‘तर कारखाना बन्द भएपछि सबै सकियो ।’
उक्त कारखानाबाट धेरै मान्छेको रोजी-रोटी चलेको उनले बताए । उनले गरेको काम देखेपछि जनकपुरमा मुन्ना अहमद र समिर मुखर्जीले पनि चित्रकारीको काम थालेका थिए ।
प्रधानमन्त्रीका बुवाले दिएको गाडीमा आफ्नै बिहेको जन्ती
त्यतिबेला जनकपुरको जानकी मन्दिरको पछाडी अहिले रहेको विवाहमण्डप भन्ने स्थानमा एउटा विद्यालय रहेको थियो । त्यसै विद्यालयमा पढाउने एक जना मास्टरले श्रेष्ठको बिहेको कुरा सबैलाकी एक जना केटीसँग छिनिदिएका थिए । २०२० सालको जेठ महिनामा उनको उर्मिलादेवीसँग विहे भयो । विहेको कुरा छिनिएपछि सबैलामा जन्ती कसरी जाने भन्ने कुरा आएको थियो । त्यतिबेला जनकपुरमा दिना मारवाडी, महाविर साह, तुलसी गिरीका बुवा आदिसँग मात्र जीप थियो ।
तुलसी गिरि त्यतिबेला प्रधानमन्त्री थिए । उनका बुवा मन्दिप गिरीले गाडी दिएर, तेलसमेत भर्न लगाइ दिएर जन्ती गएको श्रेष्ठ बताउँछन् । त्यही फाइन आर्टको काम गरेर आफ्नो जिन्दगीमा उनले ४ छोरा, ५ छोरीसहितको परिवारलाई मज्जैले पालनपोषण गरिरहेका थिए ।
ब्यानर बनाउनेदेखि वाल पेन्टिङको काम होस्, साइन बोर्ड, होर्डिङ बोर्ड, रबर स्टाम्प, नेमप्लेट लगायत मर्करीसहितको लाइटबोर्ड गरी विभिन्न कुराका पेन्टिङ लगायतको काम गरेर उनले जनकपुरमै जमिन किनेर घर समेत बनाउन सफल भए । तर पछि काम कम हुन थालेका कारण घर जमिन समेत बेच्नुपर्यो ।
राजा विरेन्द्रको राज्याभिषेकमा सबै भन्दा बढी कमाइ
एकै दिन र रातमा सबैभन्दा बढी कमाइ भने तत्कालीन राजा विरेन्द्रले राज्याभिषेक गरेको दिनमा भएको उनले बताए । ४ देखि ५ सय मिटरको कपडामा राजाको राज्याभिषेकका लागि तत्कालीन अन्चालाधीशले पेन्टिङको काम गराएका रहेछन् । राजाको जय जयकार, स्वागत, बधाई, राजा अमर रहुन्, राजा चिरायु रहुन् जस्ता नारा सहितको ब्यानर बनाएर ठाउँ-ठाउँमा स्वागतद्वारमा उनले छापेका ब्यानरहरू झुन्ड्याइएको थियो । त्यो दिन र रातसम्म उनले चौबिसै घण्टा काम गरेर १ दिनमा मात्र ६ हजार रुपैयाँ कमाएको श्रेष्ठ बताउछन् ।
पञ्चायतकालमा राम्रै कमाइ हुने गरेको थियो । पञ्चायतकालमा प्रहरी प्रशासनले गराउने काम पनि उनले गर्ने गर्थे भने पंचायती व्यवस्थाको विरुद्धमा तत्कालीन विद्रोही नेपाली कांग्रेसले छपाउने ब्यानर, पर्चा, पोष्टरसमेत रातिको समयमा छाप्ने काम गरेको उनले बताए । तर कहिल्यै पनि उनी पक्राउ भने परेनन् ।
पञ्चायतकालदेखि प्रजातन्त्रसम्म आउँदा हरेक पार्टी र नेताको चुनाव प्रचारका लागि पार्टीको झण्डा, चुनावको प्रचार, पोष्टर आदि समेत बनाउने काम गरे पनि पार्टीका नेताहरूले भने धेरै रुपैयाँ उधारो राखेर डुबाएको उनले बताए ।
‘नेताहरूले काम गराउने तर, पैसा नदिने गरेका कारण पनि धेरै घाटा लाग्ने गरेकाले भएको घर जमिन पनि बेचेर भाडाको घरमा बस्नुपर्ने स्थिति आयो,’ श्रेष्ठले भने, ‘पार्टी र नेताको नाम बताउन मिल्दैन, तर सबैले उधारो राखेर डुबाए ।’ चुनाव जिते पनि वा हारे पनि उम्मेदवारहरूले काम गराउने तर पछि पैसा दिने नमान्ने, किचकिच गर्ने प्रवृति नै रहेको उनी बताउछन् ।
छोराले धानेको पेशा
उनले आफ्ना चारै छोराहरूलाई पेन्टिङको काम सिकाए पनि अन्य छोराहरू अफसेट प्रेस, डिजिटल प्रेसतिरको काममा लागे भने कान्छो छोरा विकास श्रेष्ठले उनको कामलाई निरन्तरता दिंदै आएका छन् । ‘म १९ बर्षको उमेर हुँदादेखि नै बुवासँगै काममा हात बटाएको हो,’ विकासले भने, ‘अहिले ५० बर्ष भइसक्दा पनि बुवाको नाम राख्नका लागि पनि पेन्टिङको कामलाई निरन्तरता दिंदै आएको छु ।’
बुवाले संचालन गरेको ‘गोपाल आर्ट वर्क’लाई ‘गोपाल कला कुन्ज’ नाम दिएर बर्षौंदेखि बुवाको पुर्ख्यौली पेशालाई उनले संरक्षण गर्दै आएका छन् । तर, अब पेन्टिङको कामले परिवार नै पनि पाल्न नसकेपछि उनले पेन्टिङको कामसँगै त्यही ठाउँमा किराना पसल र चिया पसल पनि थापेका छन् ।
‘मेरी श्रीमती एउटा बोर्डिङ स्कूलमा कार्यालय सहयोगी भएर काम गरिरहेकी छिन्,’ विकासले भने, ‘ पेन्टिङको कामले मात्र गुजारा सम्भव नभएपछि एउटा कलाकार भएर पनि चिया पसल संचालन गरेर जुठो गिलास माझ्नु पर्ने स्थितिसम्म आइसकेको छ ।’
आफू जीवित रहेसम्म बुवाको मान र सम्मान राख्नका लागि एउटा कलाकारले सिकेको गुणलाई निरन्तरता भने दिइनै रहने विकासले बताए पनि आफ्ना छोराहरू भने त्यस पेशामा नलाग्ने बताउँछन् । अहिले छोरा १० कक्षामा पढ्दै छन्, उनलाई पछि कमर्स पढाएर अन्यत्र पेशामा लागाउने उनको योजना छ ।
‘जनकपुरमा मेरो बुवाले मात्र तीन दर्जन भन्दा बढी मानिसलाई पेन्टिङ सिकाउनु भयो,’ विकासले भने, ‘सबैले आफ्नो छुट्टै फाइन आर्ट खोलेर जिविका चलाएका थिए ।’ तर पछिल्लो ३/४ वर्षदेखि फ्ल्याक्सको काम आएपछि फाइन आर्टको काम सकियो । कपडामा छपाउने काम बन्द भइसक्यो ।
'चित्रकारी' कलाकारिता पनि भएको तर कलालाई संरक्षण गर्नका लागि राज्यले कहिले पनि कुनै किसिमको आर्थिक मद्दत नगरेको उनी बताउँछन् । त्यत्रो कलाकारिताको काम गरेको भएपनि राज्यले खासै त्यस क्षेत्रका कलाकारलाई प्राथमिकता नदिएको उनले गुनासो गरे । २०२६ सालमा ललितकलाले बुवालाई एक पटक काठमाडौं बोलाएर सम्मान गरेको थियो । त्यस पछि राज्यले केही पनि सम्मान नदिएको विकास बताउछन् । अहिले आएर रंग बाटिका भन्ने संस्थाले २०७६ सालको जेठ महिनामा बुवालाई सम्मान गरेबाहेक कुनै संघ संस्थाले सम्मान नगरेको उनी बताउँछन् ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...