टिपरको पछाडि स्कुटर ठोक्किँदा मृत्यु

साउन ५, २०७६

    काठमाडाैं–काठमाडौँ महानगरपालिका–२७ स्थित सडकमा रोकी राखेको ना३ख ७५६१ नंको टिपर पछाडि बा९२प ६५६५ नंको स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

    शनिबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका स्कुटर चालक बूढानीलकण्ठ बस्ने ३५ वर्षीय सञ्जय ठकुरीको नेपाल नेशनल अस्पताल कलङ्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

    दुर्घटनामा घाइते भएका स्कुटरमा सवार कलङ्की बस्ने ३० वर्षीय विशाल लुइँटेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जानकारी दिएको छ ।

    यसैबीच काठमाडौँ महानगरपालिका–२४ मख्खन गल्ली बस्ने सन्तोष रौनियारको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगदसहित करीब रु १९ लाख १० हजार बराबरको धनमाल गए राति चोरी भएको प्रहरीले जनाएको छ । 
 

साउन ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस