कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गएको चैत १५ देखि सञ्चालन भइरहेको साझा घर असहायको सहारा बनेको छ । अहिलेसम्म साझाघरले २७ जनाको हेरचाह गरिरहेको छ । ९ जनालाई परिवारसँग मिलन गराइसकेको छ । घरमा मानसिक सन्तुलन गुमाएका, परिवारबाट विछोड भएका तथा सडक बालबालिकाले आश्रय लिइरहेका छन् । सेवकहरू विनोद चौलागाई, भीमबहादुर विश्वकर्मा, विष्णुबहादुर शाही, तपेन्द्र विक, अहेब कल्पना मल्लले निःशुल्क सेवा दिइरहेका छन् ।
दैलेख, सुर्खेत, कालिकोटबाट असहायहरू आएका छन् । ‘दैलेखको तल्लो डुंगेश्वर देखि ६ जना, कालिकोटबाट पनि असहाय ल्याएका थियौं,' सेवक विनोद भन्छन्, ‘हामी सबैले निःशुल्क सेवा गर्दै आइरहेका छौं ।’ उनले अहिले एक लाख पचास हजार जति मासिक खर्च भइरहेको जानकारी दिए । ‘यहाँ आएका मानसिक सन्तुलन गुमाएका बिरामीहरूको लागि औषधि काठमाडौं तथा अन्यत्रबाट मगाउनु पर्ने हुन्छ,’ उनी भन्छन्, ‘त्यही कारण एक लाख पचास जति मासिक खर्च हुने गरेको छ ।’
अर्का सेवक भिमबहादुर घरभाडा मात्रै मासिक २२ हजार तिर्ने गरेको बताउँछन् । ‘दश ओटा कोठा लिएका छौं । कोठा भाडा २२ हजार तिर्ने गरेका छौं,’ वीरेन्द्रनगरको वडा नं. ९ लाटीकोइलीमा सञ्चालन गरिएको उक्त साझा घरमा पानीको धारा नभएको बताउँदै भिमले भने, ‘हामीलाई अहिले छिमेकीले पानी दिइरहेका छन् ।’ त्यहाँ रहेका बालबालिकाहरूलाई विद्यालयमा पनि पठाउने गरिएको छ । ‘दुई जनालाई हामीले नवज्योतिमा अध्यापन गराइरहेका छौं ं। नवज्योतिले निःशुल्क अध्यापन गराइदिएको हो,' उनी भन्छन्, ‘अन्यलाई शिव माध्यमिक विद्यालयमा अध्यापन गराइरहेका छौं ।’ उनले सेवा गर्ने मन भएकालाई साझा घरमा जहिले पनि स्वागत गर्न तयार रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा नांगै, भोकै बस्न नपर्ने बताइरहेका बेला साझा घर भने आर्थिक अभावको चपेटमा छ । अर्का सेवक विष्णुबहादुर शाहीले प्रधानमन्त्रीले बोलेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न राज्यले लगानी गर्नुपर्नेमा जोड दिए । ‘देशका कार्यकारी प्रमुखले बोलेका कुरा पुरा गर्नैपर्छ,’ उनी भन्छन्, ‘असहायका लागि खुलेका यस्ता घरमा राज्यले नै लगानी बढाउनुपर्छ ।’
एक मुठी चामल सहयोग गर्न आग्रह
साझा घरका सेवकहरूले हरेक विद्यालय तथा अन्य समुदायलाई एक मुठी चामल दिन आग्रह गरेका छन् । ‘हामी एक मुठी चामल वा दाल दिनुहोस् भनेर आग्रह गर्दछौं,’ उनले भने, ‘त्यसका लागि निकट भविष्यमा कालिकोटका विद्यालयमा जाने योजना बनाएका छौं ।’
साझा घरमा रहेका ती असहायलाई स्थानीय एक पसलबाट उधारोमा दाल चामल ल्याउने गरिएको छ । केही सहयोगी मानिसहरू आएर आएर थोरै भएपनि दाल, चामल ल्याएर दिने गरेको सेवकहरू बताउँछन् । साझा घरका सेवकहरूले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा अन्य मन्त्रालयमा सहयोगका लागि कागजात पनि पेश गरे तर कतैबाट पनि सहयोग संकलन जुट्न सकेको छैन ।
आफूहरूले आफ्ना लागि नभई सरकारले गर्नुपर्ने काम गरिरहेको उनीहरूको भनाइ छ । साझा घरका सेवकहरूले कर्णालीका कुनैपनि व्यक्ति असहाय तथा मानसिक रोगी वा सडक बालबालिका भए साझा घरको फोन नम्बर ९८६५६०९३७९ मा सम्पर्क गर्न आग्रह गरेका छन् । उनीहरूले सहयोगी मनकारीलाई साझा घरका असहायका लागि नाना, खानाको व्यवस्था गर्नका लागि सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...