राजपा अध्यक्षमण्डलको संयोजकमा यादव

साउन ५, २०७६

काठमाडौँ -राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि राजकिशोर यादवले सम्हाल्नुहुने भएको छ ।

राजपाको यही साउन ४ र ५ गते प्रदेश नं २ को राजधानी जनकपुरमा भएको अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

सोमबारदेखि यादवले संयोजकको जिम्मेवारी सम्हाल्ने राजपाका संयोजक अनिलकुमार झाले आज विज्ञप्तिमार्फत जानकारी  दिएका छन् ।

राजपाको चक्रिय प्रणाली अनुसार हरेक दुई महीनामा संयोजक फेरिने व्यवस्था छ ।

साउन ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस