×

NMB BANK
NIC ASIA

ओलीको खोक्रो राष्ट्रवादी नीतिले देशको सार्वभौमिकतामाथि खतरा बढ्यो : डा. कोइराला

साउन ६, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

स्याङ्जा-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको खोक्रो राष्ट्रवादले देशको सार्वभौमिकता र राष्ट्रियतामाथि खतरा बढेको आरोप लगाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सोमवार ३७ औं बिपी स्मृति दिवसको अवसरमा स्याङ्जाको वालिङमा आयोजित कार्यक्रममा नेता डा. कोइरालाले सरकारका हरेक गतिविधिले अन्तर्राष्ट्रिय स्तरमा देशको छवि धमिलिँदै गएको दाबी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले प्रश्न गरे, 'हाम्रो कूनै सम्बन्ध नरहेको भेनेजुयलाका राष्ट्रपतिका छोरा र मन्त्रीहरूलाई बोलाएर कम्युनिष्ट नेताहरूले के गर्न खोजेको ? किन बोलाइयो उनलाई ? यसले नेपालको छवि कहाँ पुग्छ ? अन्तर्राष्ट्रिय स्तरमा के सन्देश जान्छ ?' यो घटनाले नेपालप्रति अमेरिका सशंकित भएको उनको भनाइ थियो । 


Advertisment
Nabil box
Kumari

डा. कोइरालाले लोकतन्त्रका आधारभूत मान्यतालाई समेत कुल्चँदै सरकारले ल्याएका विधेयकहरूले लोकतन्त्र गुम्ने आशंका पैदा भएको बताए । उनले समृद्धिका नाममा सरकारले हावादारी सपना बाँडेर जनतालाई झुटको जालोमा पारेको टिप्पणी गरे । 

Vianet communication
Laxmi Bank

कोइरालाले पार्टी कब्जा गर्ने र व्यक्तिगत स्वतन्त्रतामाथि नै बन्देज लगाउने उद्देश्यले ल्याइएको कांग्रेस पार्टीको नियमावलीले कम्युनिष्ट पार्टीको झझल्को दिएको बताए । कांग्रेस पार्टी गरीबको पनि पार्टी हो भन्ने कुरा बिर्सेर अव्यवहारिक ढंगले लेबी सिष्टम ल्याइएकोप्रति आक्रोशित हुँदै भने, 'गरीब व्यक्ति अब कांग्रेस बन्न नपाउने हो ?'

 कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले कार्यकर्ताले जति भन्दा पनि शीर्ष नेताहरू नसच्चिएकाले अब महाधिवेशनमार्फत उनीहरूलाई बिदा गर्नुपर्ने बताए । 

अर्का केन्द्रीय सदस्य धनराज गुरुङले जनता र कार्यकर्ताको भावना अनुसार पार्टी सञ्चालन नभएकै कारण अहिलेको अवस्था आएको बताए । गुरुङले धनवाद र डनवादले अब पार्टी नचल्ने धारणा राखे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x