×

NMB BANK
NIC ASIA

कर्णालीका अधिकांश मन्त्री काठमाडौंमा : सांसद भन्छन् - 'सरकार मस्तीमा रमायो'

साउन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेश सरकार फुर्सदिलो बनेको छ । मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्री महेन्द्रबहादुर शाही बजेट पास भएलगत्तै काठमाडौं हानिएका छन् ।

Muktinath Bank

कर्णाली प्रदेशसभाबाट आर्थिक वर्ष २०७६/७७ को बजेट असार २९ गते आइतवार पारित भएको थियो । बजेट पारित भएको केहि दिनपश्चात साउन १ गते सरकारको वागडोर सम्हालेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही काठमाडौं उडे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी काठमाडौँ गएको दुई दिनपछि सरकारका दोस्रो बरियता बोकेका मन्त्री प्रकाश ज्वाला पनि काठमाडौंतिरै लागे । बजेट पारित गरेको भोलिपल्टै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी काठमाडौंमा गइसकेकी थिइन् । उनी ३० गते काठमाडौं गएकी हुन ।


Advertisment
Nabil box
Kumari

अर्का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा आफ्नो गृह जिल्ला डोल्पा गएका छन् । उनी असार ३१ गते गएका हुन् । भौतिक पूर्वाधार विकास मन्त्री खडक खत्री पनि काठमाडौंमै छन् ।

Vianet communication
Laxmi Bank

प्रायः सुर्खेत नछाड्ने मन्त्री खत्री साउन ५ गते काठमाडौं गएका हुन् । तर आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र सामाजिक विकास मन्त्री दल रावल मात्रै मन्त्रालयमा बसेर बैठक, छलफल गर्दै बजेट कार्यान्वयनको तयारीमा छन् ।

बजेट पारित भएपछि प्रदेश सरकारका मन्त्री काठमाडौं घुम्न जाने यो पहिलो पटक भने होइन । गत वर्षपनि सरकारका मन्त्रीलाई काठमाडौं मोह लागेको भन्दै कर्णालीमा चर्को आलोचना भएको थियो । ‘गतवर्ष बजेट नै खर्च गर्न नसक्नुको एउटा कारण मन्त्रीको घुमाइ पनि हो,' कर्णाली प्रदेश सभाका एक सांसदले भने, ‘यो वर्ष पनि सरकारका जिम्मेवार मन्त्री त्यहि प्रवृत्ति दोहोर्याउन उद्धत भएका छन् ।’

उसो गएको वर्ष सरकारले कर्णाली प्रदेश सभालाई पर्याप्त बिजनेश पनि दिन सकेको थिएन । सांसदहरुले सरकारले बिजनेश दिएन भनेर चर्को आलोचना खेप्नु परेको थियो । ‘विधेयक बनाउने बेलामा सरकार काठमाडौं धाउँछ,'  उनले भने, ‘अनि कसरी सदनले विजनेस पाउँछ ?’

बजेट पारित भइसकेपछि सरकारको मुख्य काम बजेट कार्यान्वयनका लागि कार्यविधि बनाउने हो । ‘सरकार कार्यविधि बनाउन, बजेट कार्यान्वयनको आधार तयार पार्न छोडेर काठमाडौं चाहारिरहेको छ,' प्रदेश सभाका अर्का सदस्य दीनबन्धु श्रेष्ठले भने, ‘यतिबेला सम्भाव्यता अध्ययन गर्नुपर्ने, गत वर्षको बजेटको समीक्षा गर्नुपर्नेमा सरकार मस्तीमा रमाइरहेको छ ।’

उनले यो वर्ष पनि सरकारले बजेट कार्यान्वयन गर्न नसक्ने दाबी गरे । ‘कसैलाई नेता बनिरहनु छ, कसैलाई नेता बनाउने चक्कर छ सरकारलाई,' उनले भने, ‘उहाँहरुलाई कर्णाली समृद्ध बनाउने चिन्ता नै छैन । कसरी कर्णाली बन्छ ?’ अहिले कर्णाली प्रदेशमा रहेका केही सचिवहरू समायोजन भएर बाहिर जाँदैछन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केही महिनामा अवकाश लिँदैछन् । कर्मचारी भएको बेला काठमाडौं घुम्ने मन्त्रीले कर्मचारी नभएको बेला कसरी काम गर्लान् चासो र चिन्ताको विषय बनेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x