×

NMB BANK
NIC ASIA

विपदबाट चालू वर्षको हालसम्म करीब २ सयको मृत्यु, अर्बौं सम्पतिको नोक्सानी

साउन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - यस वर्ष विपद्बाट अहिलेसम्म १ सय ९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनिधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंशलगायत १ हजार ५ सय २५ घटनामा तिनको मृत्यु भएको जानकारी दिएका छ्हन ।

Muktinath Bank

उनका अनुसार तराईका केही जिल्लाबाट अझै विवरण आइनसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । प्रमुख खनालका अनुसार बाढीबाट ५५, चट्याङबाट ४४, पहिरोबाट ३४, आगलागीबाट १३, लेक लागेर १३, जनावरको आक्रमणबाट ९, हावाहुरीबाट ८, भारी वर्षाबाट ७, सर्पदंशबाट ६, हवाई दुर्घटनाबाट ३  र अन्य घटनाबाट ३ जनाको मृत्यु भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विपद्को घटनामा परेर ३५ बेपत्ता र ४ सय ८८ जना घाइते भएका छन् । बेपत्ता हुनेमा बाढीबाट २४, पहिराबाट ९ तथा डुङ्गा पल्टेर र हिउँपहिरामा परी १/१ छन् । घाइते हुनेमा चट्याङबाट १ सय ६३, हावाहुरीबाट १ सय ४९, आगलागीबाट ६८, जनावरबाट ३५, पहिराबाट २९, भारीवर्षाबाट १४ र बाढीबाट दश जना भएको मन्त्रालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

गृह मन्त्रालयका अनुसार ती घटनामा करीब दुई अर्ब ६८ करोड ५३ लाख ४७ हजार ६ सय १९ क्षति भएको छ । सबैभन्दा बढी क्षति आगलागीबाट एक अर्ब ५३ करोड ९७ लाख ६५ हजार भएको छ । त्यस्तै बाढीबाट १ अर्ब ५ करोड ५ लाख ४ हजार क्षति भएको छ । बाढीपछि हावाहुरीबाट ६ करोड ५५ लाख ३३ हजार, पहिरोबाट १ करोड ७८ लाख ३ हजार, भारी वर्षाबाट ८२ लाख २० हजार ५ सय, चट्याङबाट २६ लाख दुई हजार र जनावर आतङ्कबाट ९ लाख १९ हजार क्षति भएको जनाइएको छ ।

Vianet communication
Laxmi Bank

उपसचिव खनालका अनुसार विपद्बाट १२ हजार  ९ सय ९० घरपरिवार प्रभावित भएका छन् । सबैभन्दा बढी हावाहुरीबाट १० हजार ६ सय ९७ घरपरिवार प्रभावित भएका छन् । यसैगरी आगलागीबाट १ हजार ५६, बाढीबाट ६ सय ९९, चट्याङबाट २ सय ७, पहिरोबाट १ सय ५८, जनावर आतङ्कबाट ७५, भारी वर्षाबाट ५०, लेक लागेर १८ र सर्पदंशबाट १० घरपरिवार प्रभावित भएका छन् ।

विपद्बाट १ हजार २ सय ६४ घर आंशिक र ७ सय २९ घर पूर्ण रुपमा क्षति भएको छ । यसैगरी १ हजार १ सय ७८ पशु चौपाया मरेको र ३ सय ८४ गोठमा क्षति पुगेको जनाएको छ । आगलागीबाट ५ सय ५८, चट्याङबाट ४ सय १८, पहिराबाट ९२, बाढीबाट ५१, हावाहुरीबाट ३७, जनावर आतङ्कबाट नौ, भारी वर्षाबाट सात र असिनाबाट छ चौपाया मरे । केही दिनअघि आएको अविरल वर्षाका कारण भने करीब ९० जनाको ज्यान गएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x