×

NMB BANK
NIC ASIA

गोरखामा बन्यो खसीबोका संकलन केन्द्र

साउन ७, २०७६

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

गोरखा- गोरखामा पहिलो पटक खसीबोका संकलन केन्द्र निर्माण भएको छ । 

Muktinath Bank

जिल्लाभरका किसानले पालेका खसीबोका बिक्रीका लागि सो केन्द्र निर्माण भएको हो । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजार नजिकै करीब ५०० वटा खसीबोका अट्ने गरी संकलन केन्द्र निर्माण गरिएको पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख डा. ब्रज किशोर ठाकुरले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गण्डकी प्रदेश भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा गोरखा जिल्लामा खसीबोका संकलन केन्द्र निर्माण भएको उनले बताए । जिल्लाभरका किसानले उत्पादन गरेको खसीबोका बिक्रीका लागि सजिलो होस् भन्ने उद्देश्यले सबैलाई पायक पर्ने स्थानमा संकलन केन्द्र निर्माण गरिएको डा. ठाकुरको भनाइ छ । 'यहाँका किसानलाई खसीबोका बिक्रीका लागि उपयुक्त बजार नहुँदा समस्या हुँदै आएको थियो,' उनले भने, 'अब जिल्लाभरका सबै किसानले आ–आफ्नो घरमा पालेका खसीबोका यहाँ ल्याएर बिक्री गर्न सक्नुहुन्छ ।' संकलन केन्द्रमा किसानले ल्याएर राख्दा पैसा नलाग्ने व्यवस्था गरिएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

केन्द्रमा खसीबोका राख्नका लागि सुरक्षित खोरहरू निर्माण गरिएका छन् । 'प्रत्येक खसीबोकालाई चिसोबाट जोगाउन सकिने गरी खोर निर्माण गरिएको छ,' उनले भने, किसानहरूले आफैंले पालेर बिक्रीका लागि ल्याउँदा सबै बिक्री भइहाल्छ भन्ने छैन, बिक्री नभएका जति यहाँ राखेर अर्को दिन बिक्री गर्न सक्छन् तर संकलन केन्द्रमा राखिएको खसीबोका रेखदेख र हेरविचार भने किसान आफैंले गर्नुपर्ने हुन्छ ।' 

Vianet communication
Laxmi Bank

'गाउँमा किसानले उत्पादन गर्दै आएको खसीबोकाले बजार नपाउने र बिक्री गर्ने ठाउँको समेत अभाव हुँदा समस्या हुँदै आएको थियो, अब यहाँ संकलन केन्द्र निर्माण भएसँगै यो समस्याबाट किसान मुक्त भएका छन्,' डा. ठाकुरले भने ।

जिल्लाबाहिरका व्यापारीहरूलाई संकलन केन्द्रमा केन्द्रित गर्ने र जिल्लाभित्रका खसीबोका पाल्दै आएका किसानलाई पनि संकलन केन्द्रमा केन्द्रित गरी व्यवसायको प्रवर्द्धन गर्न जोड दिइने उनले बताए । यसले जिल्लाभरको उत्पादन गरिने खसीबोकाको बिक्रीका लागि अब बजारको समस्या नहुने उनको भनाइ छ । 

बाह्रकिलो बजारबाट राजधानी काठमाडौं, पोखरा, चितवन, वीरगञ्ज लगायतका मुख्य–मुख्य शहरसम्म खसीबोका पुर्‍याउन सजिलो हुने भएकाले उक्त स्थानमा संकलन केन्द्र निर्माण गरिएको प्रमुख डा. ठाकुरले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x