×

NMB BANK
NIC ASIA

बाढीले २ नम्बर प्रदेशको कृषि र पशुपन्छी क्षेत्रमा ३ अर्ब बढीको क्षति

साउन ७, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

जनकपुरधाम – २ नम्बर प्रदेशमा बाढी तथा डुबानका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

कृषिमा मात्र करीब १ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । ७७ हजार हेक्टरमा लगाइएको बाली नष्ट भएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. विजयचन्द्र झाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पशुपन्छीतर्फ समेत ८९ हजार २ सय ८९ वटा पशु बगेर मरेका र घाइते भएका छन् । १ अर्ब ६२ करोड ३ लाख रुपैयाँ बराबरको क्षति पशुपन्छीतर्फ भएको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेशका कृषि ज्ञान केन्द्र, पशु अस्पताल र विज्ञ केन्द्रले संकलन गरेको प्रारम्भिक क्षतिको विवरण क्षतिपूर्तिका लागि प्रदेश सरकारको कृषि मन्त्रालयले संघीय सरकारलाई पठाइसकेको छ ।

Vianet communication
Laxmi Bank

‘हाम्रो मन्त्रालयको मन्त्रिस्तरीय निर्णय गरेर कृषि तथा पशुपन्छी क्षेत्रमा प्रदेशको बाढी प्रभावित क्षेत्रहरूमा भएको क्षतिको विवरण संकलन गरेर राहत प्रदान गर्नका कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबार काठमाडौंमा पठाइएको छ,’ सचिव झाले भने ।

कुन जिल्लामा कति क्षति ?

प्रदेश सरकारको कृषि मन्त्रालयले संकलन गरेको अभिलेख अनुसार धनुषामा १० वटा गाई, १५ वटा भैंसी, १५ वटा बाख्रा, ५ सय कुखुरा बगेर मरेका छन् । १ सय हेक्टरमा लगाइएको पोक्रौको माछा बगेको छ भने थुप्रै आहारा गोठमा समेत क्षति पुगेको छ । कृषितर्फ धनुषामा धानको पूरै बेर्ना डुबेर क्षति भएको छ भने १ हजार हेक्टरमा लगाइएको तरकारी खेती नष्ट भएको छ ।

महोत्तरीमा १ सय ५० हेक्टरमा धान खेती, २० हेक्टरमा मकै खेती, ५० हेक्टरमा तरकारी खेती तथा ८ हेक्टरमा अन्य खेती नष्ट भएको छ । त्यहाँ पशुपन्छी तर्फको क्षतिको विवरण हालसम्म संकलन गर्न सकिएको छैन ।

सर्लाहीमा २ सय हेक्टरमा धान खेती, १ सय हेक्टरमा मकै खेती, ८५ हेक्टरमा तरकारी खेती, १५ हेक्टरमा अन्य खेती नष्ट भएको छ । २ सय हेक्टर पोखरीको माछा, ११ हेक्टरको घाँस खेती र ५ हजार १ सय ४५ वटा कुखुरा बगेर नष्ट भएका छन् ।

रौतहटमा ठूलो चौपाया अन्तर्गत गाई, भैंसी, गोरु ५ सय, बाख्रा ७ सय, ४ सय हेक्टर पोखरीको माछा, ५० हजार कुखुरा, १५ हजार हाँस बगेर नष्ट भएका छन् । १६ हजार हेक्टरको धान बाली, १ सय ८० हेक्टरको धानको बेर्ना, ३ सय १० हेक्टरको चैते धान, ४५ हेक्टरको मकै बाली, २ हजार ७ सय हेक्टरको तरकारी खेती र २ सय ३० हेक्टरको फलफूल खेती नष्ट भएको छ । सबैभन्दा बढी क्षति रौतहट जिल्लामा भएको जनाइएको छ ।

बारा र पर्सा जिल्लामा ३४ वटा बाख्रा, १ सय ३० हेक्टर पोखरीको माछा, आहारा लगायतको क्षति भएको छ । २ सय ६७ हेक्टर खेतमा रोपाइँ भएको धान, १२ सय ५० हेक्टरमा चैते धानको बाली, ७१ हेक्टरमा धानको बेर्ना, १ सय ७ हेक्टरमा तरकारी खेती, ४६ हेक्टरमा मकै खेती र २ सय ३१ हेक्टरको सञ्चित अनाज नष्ट भएको छ ।

सिरहा र सप्तरीमा १० हजार ५ सय कुखुरा, १५ सय हाँस, २ सय २५ गाई, १ सय १० भैंसी, १२ हजार बाख्रा, खसी, बोका नष्ट भएका छन् । ५० लाख रुपैयाँ जतिको पराल, भुस र घाँस समेत क्षति भएको छ । १४ सय हेक्टरमा पालिएको माछा, ३ करोड रुपैयाँको माछा भुरा, २८ सय मेट्रिक टन तयारी माछा र ५० लाख रुपैयाँको अन्य दाना नष्ट भएको छ ।

संकलन गरिएका तथ्यांक प्रारम्भिक मात्र रहेकाले त्यसको तथ्यांक बढ्न सक्ने कृषि मन्त्रालयका सचिव झाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x